पत्रकार महासंघको अध्यक्षमा विष्ट विजयी

586 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौ, वैशाख २२ – (अपडेट) नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि भएको चुनावमा अधिकांश पदाधिकारीमा महेन्द्र विष्ट नेतृत्वको संयुक्त प्यानल विजयी भएको छ ।

मत परिणाम अनुसार समावेशी उपाध्यक्षमा बाहेक अरु सबैमा संयुक्त प्यानल विजयी भएको हो ।

निर्वाचन कमिटिले घोषणा गर्न बाँकी रहे पनि अध्यक्षमा महेन्द्र विष्ट, खुल्ला उपाध्यक्षमा खिलबहादुर भण्डारी, महासचिवमा उजिर मगर निर्वाचत भएका छन् ।

समावेशी उपाध्यक्षमा भने युनियकी अनिता विन्दु निर्वाचित हुनुभएको छ । त्यस्तै खुल्ला सचिवमा संयुक्त प्यालनकै प्रभात चलाउने, महिला सचिवमा संगिता खड्का, समावेशी सविचमा धर्मेन्द्र कर्ण, र कोषाध्यक्षमा सूर्यमणी गौतम निर्वाचित भएका छन् ।

अहिलेसम्म विष्ट नेतृत्वको संयुक्त प्यानलका १४ जना र पोषण केसी नेतृत्वको प्रेस युनियन प्यानलका ३ जना निर्वाचित भएका छन् । अहिले खुल्ला तर्फका केन्द्रिय सदस्यहरुको मतगणना जारी रहेको छ ।

अरु विजेताहरुको सूची यस्तो छ:

केन्द्रीय सदस्य (प्रतिष्ठान): सुरज आचार्य, रोसन पुरी

केन्द्रीय सदस्य (एशोसिएट): प्रकाश तिमल्सिना, प्रदीप न्यौपाने

केन्द्रीय सदस्य (उपत्यका): ईश्वरी वाग्ले, रामहरि सिलवाल

केन्द्रीय सदस्य (सुदूरपश्चिम): खगेन्द्र पन्त, प्रकाशबिक्रम शाह

केन्द्रीय सदस्य (कर्णाली): नवराज महतरा

केन्द्रीय सदस्य (मध्यपश्चिम): अजयदिप शर्मा, झलक गैरे

केन्द्रीय सदस्य (पश्चिमाञ्चल): रुद्र भट्ट, हरिनारायण गौतम

केन्द्रीय सदस्य (मध्यमाञ्चल): चिरञ्जिवी मास्के, शितल महतो

केन्द्रीय सदस्य (पूर्वाञ्चल): गणेश पोखरेल, गणेश लम्साल

नेपाल पत्रकार महासंघको २४ औं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि महेन्द्र विष्ट र पोषण केसी नेतृत्वको प्यानल प्रतिस्पर्धामा थिए । केही पत्रकारले स्वतन्त्र उम्मेदवारी पनि दिएका छन् ।

उज्यालो अनलाईनवाट