३२ जिल्लामा प्रजिअ हेरफेर-कस्को सरुवा कहां भयो ?

571 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौं : सरकारले प्रमुख जिल्ला अधिकारीको व्यापक हेरफेर गरेको छ। गृह मन्त्रालयले शुक्रबारको निर्णयअनुसार ३२ जिल्लामा प्रमुख जिल्ला अधिकारीलाई काजमा खटाएको हो।

गृहले अन्य १४ जना उपसचिवलाई क्षेत्रीय प्रशासन कार्यालय, गृह मन्त्रालय र विभिन्न जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी बनाएर पठाएको छ। गृह मन्त्रालयले काज सरुवा पाएका सबैलाई आइतबार पत्र थमाएको छ।

मन्त्रालयले वासुदेव दाहाललाई इलाम, प्रदीपराज कँडेललाई पाँचथर, नन्दीकेशर त्रिपाठीलाई संखुवासभा, गणेशप्रसाद भट्टराईलाई ओखलढुंगा, उद्धवप्रसाद तिमिल्सिनालाई सोलुखुम्बु, उमेशकुमार ढकाललाई तेह्रथुम, दिलकुमार तामाङलाई भोजपुर र शम्भुप्रसाद मरासिनीलाई रामेछापमा प्रमुख जिल्ला अधिकारी बनाएको छ।

यसैगरी धादिङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेललाई सिन्धुली, गोविन्द सापकोटालाई खोटाङ, दीपकराज नेपाललाई धादिङ, कोषहरि निरौलालाई नुवाकोट, गोपालप्रसाद पराजुलीलाई सिन्धुपाल्चोक, उद्धवप्रसाद भट्टराईलाई रसुवा, श्रवणकुमार तिमिल्सिनालाई लमजुङ, वेदप्रकाश खरेललाई गोरखा र बाबुराम भण्डारीलाई मुस्ताङको प्रमुख जिल्ला अधिकारी बनाइएको छ।

संखुवासभाका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीलाई पाल्पा, सागरमणि पराजुलीलाई दैलेख, ज्ञानप्रसाद ढकाललाई अर्घाखाँची, हरिप्रसाद भण्डारीलाई रुकुम, लुकबहादुर क्षेत्रीलाई रोल्पा, रामबहादुर कुरुम्बाङलाई प्युठान, कृष्णप्रसाद खनाललाई डोल्पा, गोविन्दप्रसाद रिजाललाई बाजुरा, हरिबहादुर प्याकुरेललाई बझाङ र भविश्वर पाण्डेलाई अछामको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ।

यसैगरी सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी प्रेमसिंह कुँबरलाई दार्चुला, सागरमणि पाठकलाई बैतडी, शिवराज जोशीलाई डडेल्धुरा, टेकबहादुर केसीलाई म्याग्दी र कृष्णप्रसाद ज्ञवालीलाई पर्वतको जिम्मेवारी दिइएको छ। दार्चुलाका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाललाई क्षेत्रीय प्रशासन कार्यालय पोखरा, दैलेखका प्रमुख जिल्ला अधिकारी होमनाथ थपलियालाई ललितपुरको सहायक प्रमुख जिल्ला अधिकारी, इलामका प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडा र भोजपुरका प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापालाई क्षेत्रीय प्रशासन कार्यालय धनकुटा सरुवा गरिएको छ।

गोरखाका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कार्कीलाई क्षेत्रीय प्रशासन कार्यालय दिपायल तथा सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी डिल्लीराज पोख्रेललाई क्षेत्रीय प्रशासन कार्यालय हेटौंडामा खटाइएको छ।

सिन्धुलीका प्रमुख जिल्ला अधिकारी केशवराज आचार्य, रसुवाका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे र बाजुराका प्रमुख जिल्ला अधिकारी ध्रुवराज जोशी गृह मन्त्रालयमा सरुवा भएका छन्। ओखढुंगाका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी, सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीलाई इलाका प्रशासन कार्यालय धरान र मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज रेग्मीलाई काभ्रेको सहायक प्रमुख जिल्ला अधिकारी बनाइएको छ अन्नपूर्ण पोष्टले खबर छापेको छ ।