वैदेशिक रोजगारी जान लागेकालाई स्वास्थ्यमा सचेत रहन अभिमुखिकरण

597 पटक पढिएको

सम्पादक: Dhadingnews.com

खाल्टे– धादिङ जिल्लाको खाल्टे गाविसको वडा नम्बर ६ देउरालीमा बैदेशिक रोजगारीमा जाने तयारीमा रहेकाहरुको लागि एचआईभि एड्स तथा यौनरोगवाट बच्ने उपायहरुको लागि एक दिने अभिमुखिकरण कार्यक्रम मंगलवार सम्पन्न भएको छ ।
नागार्जुन डेभलपमेन्ट कम्युनिटी (एनडिसी) धादिङद्धारा संचालनमा रहेको प्रवासी र तिनका परिवारको लागि एच.आई.भी एड्स तथा यौन रोग न्यूनिकरणका लागि सचेतना कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा एच.आइ.भी र एड्स भनेको के हो? सर्ने र नसर्ने माध्यमहरु समुदायले यसप्रति राखेको नकारात्म धारणाको साथै यौन रोग के हो? बैदेशिक रोजगारीमा रहंदा एच.आइ.भी र एड्स तथा यौनरोगवाट कसरि बच्ने भन्ने विषयमा एन.डि.सी.धादिङका कार्यक्रम संयोजक इश्वर कंडेल, सामुदायिक कार्यकर्ता एशोदा नेपालले सहभागीहरुलाई विषयवस्तुका बारेमा सहभागीहरुलाई जानकारी गराउनुभएको थियो । कार्यक्रममा निकट भविष्यमा बैदेशिक रोजगारीमा जाने तयारीमा रहेका १० जनाको सहभागिता रहेको थियो ।