थाक्रे गाविस साक्षर गाविस घोषणा

869 पटक पढिएको

सम्पादक: Dhadingnews.com

रामचन्द्र रुपाखेती
थाक्रे,२५ बैशाख, धादिङ जिल्लालाई साक्षर जिल्ला बनाउने अभियान अन्तर्गत १०६७ जना निरक्षर मध्ये १०२३ जना लाई साक्षर बनाउदै विहिवार थाक्रे गा.वि.स लाई एक कार्यक्रम विच जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदीद्धारा साक्षर गावि.स घोषणा गरिएको छ ।
10312601_697012753688282_870778809878460301_nनेपाल सरकारको सन् २०१६ सम्म साक्षर बनाउने कार्यक्रम अन्तर्गत यसै वर्ष धादिङलाइृ साक्षर जिल्ला घोषणा गर्ने लक्ष्यका साथ सञ्चालित साक्षरता कार्यक्रम अन्र्तगत माघ महिना देखी चैत्र महिना सम्म सञ्चालित साक्षर बनाउने कार्यक्रम बाट थाक्रे गाविसमा ४१ वटा केन्द्रबाट साक्षरता कक्षा सञ्चालन गरिएको थियो ।
जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदीको प्रमुख आतिथ्यतामा थाक्रे गाविस को आयोजना तथा शान्ति नेपालको सहआयोजनामा भएको साक्षर गाविस घोषणा कार्यक्रममा गाविस का राजनीतिक पार्टीका प्रतिनिधि, थाक्रेका सम्र्पुण विद्यालयका प्र.अ, शान्ति नेपालका प्रमुख एवं प्रतिनिधि, सहजकर्ता एवं सिकारुहरु विच घोषणा गरिएको कार्यक्रममा जिल्ला शिक्षा अधिकारी सुवेदीले थाक्रे गाविस धादिङ को तेश्रो साक्षर गाविस भएको र अन्य गाविसहरु धमाधम साक्षर गाविस घोषणाको तयारी भैरहेको बताउनुभयो ।
थाक्रे गाविसका जनतालाई अव कसैले पनि असभ्य, र नजान्ने गाविस भन्न नसक्ने हुनाले सवैलाइृ धन्यवाद दिनुहूदै यसै वर्ष जिल्लालाई नै साक्षर गाविस घोषणा गर्ने, आगामी वर्ष साक्षरोत्तर कार्यक्रम सञ्चालन गर्दै आयआर्जन सम्वन्धि सिप प्रदान गर्दे १० सम्मको विउ पुँजी वितरण गर्ने योजना रहेको समेत जानकारी गराउनु भयो । कार्यक्रममा शान्ति नेपालका कार्यकारी निर्देशक कृष्ण मान शाक्यले कार्यक्रम खर्च तथा प्रगती बारे जानकारी गराउँदै कार्यक्रमका सहजकर्ता तथा अनुगमन कर्ताहरलाई मायाको चिनो र सिकारुहरुलाई साक्षरता प्रमाण पत्र वितरण गर्नु भएको थियो , थाक्रे मा सञ्चालित ४१ केन्द्र मध्ये सवैभन्दा राम्रो गर्ने हाप्सेचौर केन्द्र लाई रु.३००० पुरस्कार समेत प्रदान गरिएको थियो । गाउँ शिक्षा सर्वेक्षण २०६७ अनुसार धादिङमा ४८२४४ जना निरक्षर रहेका थिए ।