सहायक जिल्ला शिक्षा अधिकारीलाई सुब्बाको काम

544 पटक पढिएको

सम्पादक: Dhadingnews.com

२६ बैशाख, काठमाडौं । सहायक जिल्ला शिक्षा अधिकारीले आफूहरु उपसचिव भए पनि सुब्बासरहको जिम्मेवारी दिएमोमा गुनासो गरेका छन् । विशेष बढुवाबाट उपसचिव भएका कर्मचारीलाई शिक्षा मन्त्रालयले सहायक जिल्ला शिक्षा अधिकारीका रुपमा खटाए पनि पदअनुसार काम नपाएको भन्दै उनीहरुले आन्दोलनको तयारीसमेत गरेका छन् ।

निजामती सेवा ऐनको २४ (घ) अनुसार शाखाअधिकृतबाट विशेष बढुवा भई उपसचिव भएका कर्मचारी व्यवस्थापनमा शिक्षा मन्त्रालयमा निकै समस्या भएको थियो । शिक्षामा मात्र साढे तीन सय विशेष बढुवाबाट उपसचिव भएका थिए । झन्डै दुई वर्षअघि बढुवा भएका उपसचिवले गत मंसिरबाट जिम्मेवारी पाएको नयाँ पत्रिकामा खबर छ ।

धादिङका सहायक जिल्ला शिक्षा अधिकारी देवीरञ्जन हुमागाईँले सहायक जिशिअलाई सुब्बाको जस्तै शाखाको जिम्मेवारी मात्र दिइएको बताए । ‘जिशिअ पनि द्वितीय श्रेणीका, सहायक पनि द्वितीय श्रेणीकै कर्मचारी हुन्,’ उनले भने ‘पदअनुसारको जिम्मेवारी भएन, सुब्बाले गरिरहेका काम सहायक जिशिअलाई दिइयो ।’

पदअनुसारको जिम्मेवारी नदिइएको भन्दै आन्दोलनका लागि सहायक जिशिअहरुले भेला आयोजना गर्ने तयारी गरेका छन् अनलाईन खबरले समाचार लेखेको छ ।