एपेक्समा बुद्ध जयन्ती

1023 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाण्डौँ – काठमाण्डौँको मध्यबानेश्वरस्थित एपेक्स लाइफ स्कुलका विद्यार्थीले विबिध कार्यक्रमका साथ २५५८आंै बुद्ध जयन्ती मनाएका छन् । विद्यार्थीहरुको संस्था एपेक्स बाल क्लबले कार्यक्रम आयोजना गरेको हो ।

Buddha Jayanti_apex 1समारोहमा विद्यार्थीले भगवान बुद्धको जीवन र शिक्षाका बारेमा चर्चा गर्नुका साथै बुद्धको पूजाअर्चना पनि गरेका थिए । कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै बौद्ध भिक्षुणी गुरुमा मञ्जुले भगवान बुद्धका उपदेश वर्तमानमा पनि उत्तिकै सान्दर्भिक रहेको बताइन् । भिक्षुणी मञ्जुले विद्यार्थीलाई केही ध्यान विधिको प्रयोग पनि गराइन् । प्रिन्सिपल सुवास न्यौपानेले बुद्धको उपदेशलाई व्यावहारमा उतारेर जीवन सफल पार्नुपर्ने धारणा राखे । कार्यक्रममा कक्षा ९ की आभा डङ्गोल , कक्षा ७ की अंशु पुरी र सर्वज्ञा भट्टराईले बुद्धको जीवनी र शिक्षाका बारेमा बोलेका थिए । कक्षा ८ का प्रशान्तराज कुशवाहाले “बुद्ध१ तिमी फेरि आऊ” शीर्षकको कविता वाचन गरेका थिए ।

आयोजक बाल क्लबकी अध्यक्ष कुसुम शर्माको सभापतित्वामा सम्पन्न कार्यक्रमा सदस्य सृजन दाहालले स्वागत मन्तव्य र सचिव मुस्कान मल्लले धन्यवाद मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन कक्षा १० कृष्णा खाती , प्रमिता श्रेष्ठले र बेन्जु ओलीले गरेका थिए । समारोहमा  बुद्ध सम्बन्धी गीतमा नृत्य प्रस्तुत गरिनुका साथै भजन प्रस्तुत गरिएको थियो ।