प्रमुख जिल्ला अधिकारी नेपाललाई धादिङका व्यवसायीको स्वागत

524 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ- धादिङमा भर्खरै सरुवा भएरआउनु भएका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाललाई धादिङका उद्यमी व्यवसायीहरुले स्वागत गरेका छन । व्यवसायीहरुको स्वागत पछि मन्तव्य राख्दै प्रजिअ नेपालले व्यवसाय संचालनगर्दा उपभोक्ता एवम सेवाग्राहीहरुको भावनाको कदर गर्दै पेशामा इमान्दारिता अपनाउनुपर्ने वताउनु भएको छ ।
SAM_1782धादिङ उद्योग वाणिज्य संघको आयोजनामा आईतबार धादिङबेसीमा आयोजित प्रमुख जिल्ला अधिकारी नेपालको स्वागत कार्यक्रममा उहांले निजि क्षेत्रले नाफा कमाउने नाममा गलत कार्यगर्न खोजे आंफू मुकदर्शक भएर नवस्ने नलिएका कारण धादिङ जिल्लाभएर जाने देश विदेशका यात्रुले नराम्रो मान्नुपर्ने अवस्था रहेको भन्दै होटल व्यवसायीलाई गुणस्तर सुधार गर्न प्रमुख जिल्ला अधिकारीले सचेत गर्नु भएको छ ।
धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्रकान्त अधिकारीको अध्यक्षतामा भएको प्रमुख जिल्ला अधिकारीको स्वागत कार्यक्रममा संघका पुर्व अध्यक्षहरु तेजवहादुर भण्डारी,ध्रुववहादुर थापा, प्रभातकिरण सुवेदीका साथै संघका पदाधिकारी एवम कार्य समिति सदस्यहरु,व्यवसायीहरु तथा संचारकर्मीहरुको सहभागिता रहेको थियो ।व्यवसायीहरु कुनै पनि राजनैतिक धारमा रहेर अघि बढ्नु भन्दा पनि पेशामा जिम्मेवार हुनुपर्ने प्रमुख जिल्ला अधिकारी नेपालको सुझाव थियो ।
जिल्लामा दुईवटा संघ रहेका बिषयमा आंफुलाई सामान्य जानकारी आएकाले दुवैपक्ष एकैठाउंमा रहेर व्यवसायिक प्रगति तथा संस्थागत हितका लागि काम गर्ने वाताबरण वनाउन वार्तालाई माध्यम वनाएर निकास खोज्नुपर्ने उहांको भनाई थियो । स्वागतमा रमाएका व्यवसायी भोलीका दिनमा गलत काममा लागेका कारण कारवाहीमा परेको खवर आउन नदिन वेलैमा सचेत भएर पेशाप्रति इमान्दार वन्न उहाँले निर्देशन दिनु भएको छ ।