निलकण्ठ नगरपालिकाको संरचना यस्तो बन्ने भयो

3777 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ–चारवटा गाविसलाई गाभेर घोषणा गरिएको  नीलकण्ठ नगरपालिकाले सोमवारदेखि गाविसको काम रोकी नगरपालिकाको माध्यमबाट काम  सुरु गर्ने भएको छ ।
99788049 (1)  गत बैशाख २५ गते मन्त्री परिषदको बैठकले देशभर ७२ वटा नगरपालिका थप गर्ने क्रममा धादिङको निलकण्ठ, मुरलीभञ्ज्याङ, सुनौलाबजार र साङ्कोष गाविसलाई मिलाएर निलकण्ठ नगरपालिका घोषणा गरेको हो । साविकको निलकण्ठ गाविसको कार्यालयमा कार्यालय स्थापना गरी काम सुरु गर्न लागिएको नगरपालिका कार्यकारी अधिकृत जनकराज शर्माले जानकारी दिनुभयो । निलकण्ठ नगरपालिको काम सुरु गर्न लागेसंगै आईतवार बसेको सर्वदलिय बैठकले निलकण्ठ नगरपालिकाको लागि १३ वटा वडा कार्यालयको टुङ्गो लगाएको छ । नगरपालिका संचालनका विषयमा आज बसेको बैठकले साविकको निलकण्ठ गाविसको वडा नम्बर ७, ८ र ९ लाई मिलाएर निलकण्ठ नगरपालिका १ कायम गरिएको हो । त्यस्तै निलकण्ठ गाविसको साविकको वडा नम्बर ३, ४ र ५ लाई मिलाएर निलकण्ठ नगरपालिका २, वडा नम्बर ५ लाई निलकण्ठ नगरपालिका ३ कायम गरिएको छ भने निलकण्ठको वडा नम्बर १, २ र सुनौलाबजार ९ लाई मिलाएर निलकण्ठ नगरपालिका ४ कायम गरिएको छ । त्यस्तै सुनौलाबजारको साविकको वडा नम्बर ३ र ४ लाई मिलाएर ५, सुनालाबजारकै १, २ र ३ वडालाई मिलाएर निलकण्ठ नगरपालिका वडा नम्बर ६ कायम गरिएको छ भने सुनौलाबजारको वडा नम्बर ६, ७ र ८ लाई मिलाएर निलकण्ठ नगरपालिका ७ कायम गरिएको छ । बैठकले मुरलीभञ्ज्याङ गाविसको वडा नम्बर १, २ र ३ लाई निलकण्ठ नगरपालिका ८, वडा नम्बर ४, ५ र ६ लाई मिलाएर निलकण्ठ नगरपालिका ९ र मुरलीभञ्ज्याङ गाविसको साविकको वडा नम्बर ७, ८ र ९ लाई मिलाएर निलकण्ठ नगरपालिका १० कायम गराइएको छ । त्यसैगरी साविकको साङ्कोष गाविसको वडा नम्बर ४, ५ र ६ लाई मिलाएर निलकण्ठ नगरपालिका ११, १, २ र ३ नम्बर वडालाई मिलाएर निलकण्ठ नगरपालिका १२ कायम गरिएको छ भने साङ्कोषकै वडा नम्बर ७, ८ र ९ लाई मिलाएर निलकण्ठ नगरपालिका १३ कायम गरिएको कार्यकारी अधिकृत शर्माले जानकारी दिनुभयो । बैठकले नगर परिषद नहुनजेलका लागि संयुक्त वडा कार्यालयको पनि टुंङ्गो लगाएको छ । जसअनुसार निलकण्ठ नगरपालिका वडा नम्बर १, २, ३ र ४ को लागि धादिङबेसी स्थित निकलण्ठ गाविसको कार्यालयबाट सेवा दिने व्यवस्था मिलाइएको छ । त्यस्तै निलकण्ठ नगरपालिका वडा नम्बर ५, ६ र ७ को लागि सुनौलाबजार गाविसको कार्यालयबाट र वडा नम्बर ८, ९ र १० का लागि साविकको मुरलीभञ्ज्याङ गाविस कार्यालयबाट सेवा प्रदान गरिने नगरपालिका प्रशाशकीय अधिकृत सीतारम थापाले जानकारी दिनुभयो । त्यस्तै निलकण्ठ नगरपालिका ११, १२ र १३ का उपभोक्ताहरुलाई भने निलकण्ठ नगरपालिका १२ स्थित पचघरेमा संयुक्त वडा कार्यालय स्थापना गरी सेवा दिने व्यवस्था मिलाइएको छ ।