अवसर दिएमा बालबालिकालाई

613 पटक पढिएको

सम्पादक: Dhadingnews.com

सरिता श्रेष्ठ
10151196_603408509755845_5599838080824828742_n

पाएमा मलिलो माटो, बिरुवा वृक्ष बन्दछ
हावापानी मिले राम्रो, वृक्षमा फल फल्दछ
बच्चा हुन् विरुवा, राम्रो मान्छे वृक्ष जस्तै बन्दछ
राम्रा संस्कार पाएमा, माटोमा गुण फल्दछ
माथिका यी कविता भन्दै साना भाईले चौथो बाल साहित्य सम्मेलन कार्यक्रमको सञ्चालन गर्दा सायद कार्यक्रममा उपस्थित सबै जना कानेखुसी गर्दै थिए अनि छक्क पनि थिए । कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथि तथा विद्यार्थीहरुमा म कार्यक्रम सञ्चालक नवीन रुवालीको नमस्कार ! भन्दा हलमा उपस्थित सम्पूर्ण शान्त भएर कार्यक्रमप्रति  आकर्षित भएका थिए । यति सानो भाईले कसरी कार्यक्रम सञ्चालन गर्ला त ? सबैको आश्चर्यको विषय बनेको थियो ।
बिस्तारै कार्यक्रम सुरु भयो । नवीन भाईले पनि आत्मविश्वासका साथ कार्यक्रम सञ्चालन गरे । सबैले ताली बजाए । आफू सानै भएकै कारणले गर्दा उसले बालबालिकाको बारेमा धेरै कुराहरु पनि राखे । पहिलो पटक मञ्चमा आएर बोल्न पाएकोमा आफु खुसी भएको कुरा समेत व्यक्त गरे ।
कार्यक्रम क्रमश सुरु हँुदै गयो सभापतिको आसन ग्रहणको क्रम आयो हामी बालबालिकाहरु हरेक क्षेत्रमा अगाडि छाँै र अवसर दिएमा अझंै अगाडि बढ्दै जानेछौँ । यस्तो भनिरहँदा आफु सरहकै साथी प्रयुष श्रेष्ठलाई सभापतिको आसन ग्रहणको निम्ति मञ्चमा निम्त्याइयो । आसन ग्रहण लगतै ताली बज्यो । सबैले प्रशंसा गरे । बिस्तारै अन्य अतिथिहरुको पनि आसन ग्रहण गराइयो । बाल साहित्यकार हरि खनाल, नवराज लम्साल, महेश पौडेल लगायतका साहित्यकारहरु उपस्थित हुनु भएको थियो ।
मनमा रहेको एक किसिमको डर, लाज अनि चिन्तालाई पर फ्याक्दै मञ्चको माइक अगाडि टक्क उभिई अनि बोल्न थाली । आजको यो रमाइलो दिनमा चारैतिर चराचुरुङ्गीहरु नाचिरहेका छन् । अरुण र थोपल आफ्नै बेगमा कुदिरहेका छन् । शीतल पवनले हाम्रो मनमा शीतलता छाइरहेको छ । गणेश हिमालले सबैलाई मुस्कान दिइरहेको छ यसरी नै यो सानी बहिनी नमिता भट्ट तपाईहरुलाई स्वागत गर्न यहाँ आइसकेकी छु । हलमा उपस्थित एक सय भन्दा बढी विद्यार्थी साथीहरु र काठमाडौँ देखि कार्यक्रममा आउनु भएका अतिथिहरुलाई नमिताले आफनो स्वागत मन्तव्यद्धारा यस्ता शब्द शब्दहरुले स्वागत गरिन् । उनले आफु अगाडि आएर बोल्न पाउँदा खुसी लागेको अनुभवहरु प्नि सुनाइन् र आफु अगाडि आएर बोल्न पाउँदा भाग्यमानी रहेको पनि बताइन् ।
त्यसपछि कार्यक्रमको उद्घाटनको समय आयो । प्रमुख अतिथिले अगाडि रहेको चारवटा पानसमा बत्ती बाली चौथो बाल साहित्य सम्मेलनको उद्घाटन गर्नु भयो । खुसीको सिमा रहेन बालबालिकाहरु  रमाउन थाले । कार्यक्रममा उपस्थित भएका सबै अतिथिहरुले ती बालबालिकाले गरेका कामको प्रशंसा गरे । उनीहरुको रुची, आँट र साहसको कदर गरे ।
कार्यक्रमको अन्त्यमा नाटक देखाइयो । हुन त कार्यक्रमको तयारीमा जुटिरहदाँ नाटकको अभ्यास त्यति गर्न भ्याइएको थिएन । तर नाटक गर्न भाइबहिनीहरु उत्साहित भएर लागि परे रमाइलो भयो । बाल शोषण तथा बालबालिकाका हक अधिकारका  बारेमा प्रस्तुत गरिएको नाटक सबैले मन पराएका थिए । यसरी नै यो कार्यक्रमको समाप्त भएको थियो ।
हाम्रो समाजमा बालबालिकाले गरेका  कामलाई सहजै स्वीकार गरिदैन । उनीहरुले राम्रो काम गरोस् या नराम्रा कुनै पनि कामलाई स्वीकार गरिदैन । उनीहरुलार्ई काँचो माटो सम्झन्छन् ।
बालबालिका भोलिका कर्णधार मात्र नभएर वर्तमानका साझेदार पनि हुन् उनीहरुलाई जस्तो रुप दिन चाह्यो त्यस्तै बन्दछ । देश हाक्ने अभिभारा उनैको काँधमा रहेको हुन्छ, त्यसैले उनीहरुलाई  सधै सम्मान गर्नु पर्दछ । उनीहरुका हक अधिकार खोसिन दिनु हँुदैन । उनीहरुमा पनि एक किसिमको जिम्मेवारी रहेको हुन्छ । उनीहरुलाई अवसर दिएमा जस्तोसुकै काम गर्न पछि पदैनन् ।
बालबालिकाका बारेमा अनि अधिकारका बारेमा हामी यहाँ यस्ता कुरा गरिरहदाँ कत्ति बालबालिकाहरु सडकका गल्ली गल्लीमा फोहोर टिप्न बाँध्य छन्, होटलमा भाडा माभ्न बाँध्य छन्, कारखानामा काम गर्न बाध्य छन् साहुको दासी छन्, कत्तिले साहुको लात खाए कत्तिले पिटाई, धेरै बालबालिकाहरु यस्ता हिंसामा पर्न बाध्य छन् । देख्नेले देखिरहेका छन् भोग्नेले भोगीरहेका छन् । बालबालिकाका अधिकारमा निम्ति अब को सचेत हुने त………….??????????????
प्रतिक्रियाका लागि

[email protected]