प्रशस्त सम्भावना बोकेर पनि ज्योतिर्लिङ्गेश्वर ओझेलमा

1547 पटक पढिएको

सम्पादक: Dhadingnews.com

हरि पन्त
म्याग्दी – नेपालको पश्चिमाञ्चल विकास क्षेत्र धवलागिरि अञ्चल अन्नपूर्ण हिमालको काखमा रहुनदी र कृष्णागण्डकीको संगमस्थल मुक्तिनाथ, दामोदर कुण्ड प्रवेशद्वारले चिनिने म्याग्दी घतान–६ शालिग्रामी कृष्णागण्डकीबाट उठेर ८० हजार फिट ९ रोपनी Ôेत्रफलमा फैलिएको एउटै चक्रशिलामाथि ब्रम्हा, विष्णु, महेश्वर तथा हरिहर स्वरुप स्वयं प्रकट ज्योतिर्लिङगेश्वर महादेव तीर्थस्थल गलेश्वरधाम रहेको छ । पूर्वमा कृष्णगण्डकी, पश्चिममा पुलहाश्रम कालाञ्जर वन, उत्तर मुक्तिनाथ, दामोदर कुण्ड हिमालय श्रृङ्खला र दÔिण जयन्ति मंगलाकाली र पौराणिक शहर बेनी पर्दछ ।
galeshworम्याग्दी सदरमुकामबाट पैदल ३० मिनेट, गाडीमा ५ मिनेटमा र पोखराबाट ३ घण्टाको बस यात्रामा गलेश्वरधाम पुगिन्छ । स्कन्दपुराण्म अनुसार यसै ठाउँमा सतीदेवीको गला पतन भै ज्योतिर्लिङ्गेश्वर महादेव प्रकट हुनुभयो र गालवऋÈिले तपस्या गरेकाले गलेश्वरधाम रहन गएको बताइन्छ । गलेश्वरधाममा भएको ज्योतिर्लिङ्ग, शालिग्राम, शंखचक्रहरू मानवनिर्मित नभै नित्य सनातन हरिहर स्वरुप भएकोले यसलाई कुनै कालखण्डमा सीमित गर्न नमिल्ने देखिन्छ । यो अनादि र अनन्त हो । ऋÈभदेवका जेष्ठ पुत्र राजा भरत मोÔप्राप्तिका लागि विश्वकै पवित्र तीर्थस्थल खोज्दै गर्दा त्यही धाममा आई तपस्यारत भएको समेत बताइन्छ । उनको दोस्रो मृगरुपि जन्म र तेस्रो जड भरतरुपी जन्ममा पनि यसैधाममा तपस्या गरी मोÔपदवीमा पुगेको शास्त्रमा उल्लेख छ । सृष्टिको प्रारम्भकालदेखि नै ब्रम्हाजीका मानसपुत्र पुलस्त्य पुलह, वशिष्ठ गालवऋÈि, राजर्Èिगण, कपिलमुनि, गलेश्वर बाबा जस्ता कैयौं सिद्ध महात्माहरूको तपस्थली रहेको यस भूभागमा पुलहाआश्रम, आनन्दआश्रम, कपिलआश्रम, गलेश्वर बाबा आश्रम, सिद्धाश्रम, जडभरत तपस्थली आदि अनेक ज्ञात अज्ञात आश्रम र गुफाहरू रहेका छन् । शालीग्राम गर्भमा बग्ने कृष्ण्ाँगण्डकी सप्तऋÈिको तपोभूमिबाट बगेकी रहुनदीको पवित्र संगमस्थल यस धाममा सकाम र निस्काम कर्म धर्म यज्ञ यज्ञादि गर्ने जुनसुकै भक्तले पनि भगवान शिवबाट सांसारिक सुख भोग र परमार्थिक मोÔ लाभ प्राप्त गर्दछन् । यसै विश्वासले नेपाल, भारत र अन्य मुलुकहरू बाट भक्तजनहरू पितृकार्य तर्पणश्राद्ध, रुद्राभिÈेक, यज्ञयज्ञादि पुराणहरू एवं पुजन दर्शन सत्संगत जस्ता ब्रम्हयज्ञ गर्न गराउन र मठमन्दिर धर्मशाला बाटोघाटो निर्माण गरी पुण्य प्राप्त गर्न उल्लेख्य मात्रामा आइरहेका छन् । गया, काशी र बद्रीनाथमा गरिने दर्शन पितृ यज्ञभन्दा कृष्णगण्डकीको तट यसैधाममा गरिने यज्ञ यज्ञादिले मोक्ष प्राप्त हुनेहु“दा माता पिताको मुख हेर्न पर्वमा भक्तहरूको भिड लाग्दछ ।
गण्डकी स्नान पछि वैदिक पद्धति अनुसार सर्वप्रथम गणेश भगवानको दर्शन पुजन गरिन्छ र ज्योतिर्लिङ्गेश्वर महादेव परिक्रमा गर्दै राधाकृष्ण मन्दिर एवं चक्रशिलामा स्वयं उत्पन्न शिवलिङ्गेहरू शालिग्राम, शंकचक्र नागमणिहरूको दर्शन गर्दै यज्ञमण्डपभित्र सरस्वती दुर्गा भवानी, सीताराम, राधाकृष्ण, श्रीस्वस्थानी परमेश्वरी एवं लक्ष्मीनारायण्ँको पूजा गरिन्छ ।
चक्रशिलाको उच्च भागमा पातलमा पुगेकी पृथ्वीलाई जलमध्येबाट विष्णुले बराह अवतार लिई उद्धार गरेको स्मरण गराउने जलबराह कुण्डमा पानीको स्रोत नभएर पनि जस्तै सुख्खा याममा नसुक्नु दैवी चमत्कारको रुपमा लिइन्छ । यो मानवनिर्मित नभएको कुण्डको जल अभिÈेक गर्दै दर्शन पुजन भेटी चढाउँदा समस्त पाप, ताप नास भै मनोकांÔा पुरा गर्दछन् । त्यस्तै चक्रशिला माथि भएका शेÈनागको दर्शन गरी सर्प आदि प्राणीहरूको भयबाट मुक्त हुने गर्दछन् । शिवलिङ्ग चक्रशिला माथि नै पाञ्चायन देवता लगायत १०८ शिवलिङ्गहरूको आराधना गर्नाले जन्मजन्मान्तरको पाप नाश भै शिव सान्निध्यमा बस्न पाउने जनविश्वासले शिवलिङ्गेहरूमा सुनचा“दी द्रव्य लगायतका बेलपत्र आदि चढाएमा मनोरथ पुरा हुने हुँदा श्रावण सोमबारमा विशेÈ पुजन दर्शन गरिन्छ ।
चक्रशिला परिक्रमा तथा देवीदेवताको दर्शन पश्चात् मूलमन्दिरभित्र वैदिक विधिबाट स्वयं प्रकट ज्योतिर्लिङगेश्वर महादेवलाई असर्फि द्रव्य, बेलपत्र पूजा सामाग्री चढाई नित्य निरन्तर पुजन दर्शन गरिन्छ । सुन चाँदी तामाको बसाह तथा रोट चढाई पुजन गरेमा मनोकांÔा पुरा हुने धार्मिक विश्वासले यस धाममा सधैंभरि दर्शनार्थीको घुँइचो लाग्दछ । कुनै कालखण्ड विशेÈमा प्रतिष्ठा गरिएका जगन्नाथ, बद्रीनाथ मुक्तिनाथ, पशुपतिनाथ जस्ता आराध्य देवी–देवताहरूको ख्याति जसरी विश्वप्रसिद्ध छ, त्यसैगरी स्वयं प्रकट भएका हरिहर ज्योतिर्लिङ्गेश्वर महादेवको महत्व अझै बढी छ । विश्वमा शालिग्राम निर्माण गर्ने एकमात्र कृष्णागण्डकीले अभिÈेक गर्दै बगिरहने हु“दा यो तीर्थ करोडौं पापनाशक धामको रुपमा मानिन्छ ।
ज्योतिलिङ्गेश्वर महादेव दर्शन पश्चात हवनकुण्डमा पूर्णाहुति गरि पवनपुत्र हनुमानजीको पुजन पछि देवदर्शनको सम्पूर्ण कार्य समाप्त भएको मानिन्छ । शिवालयदेखि दÔिण पूर्विकोणबाट कृष्णागण्डकी स्नान गरी राजा भरत मृगपुत्र भरत र ब्राम्हणपुत्र जडभरतको तपस्थलिमा दर्शन पुजन गरिन्छ । गलेश्वरदेखि मुक्तिनाथ, दामोदरकुण्ड, शिखघार र हिमालय Ôेत्रलाई मुक्तिÔेत्र भनिन्छ । मुक्तिनाथ र दामोदर कुण्ड दर्शन गर्नुअघि गलेश्वरधाम दर्शन गर्नुपर्ने र फर्कनेक्रममा गलेश्वरधाममा पूर्णाहुति गरेमात्र मुक्तिÔेत्रको तीर्थयात्रा पूर्ण भै मुक्ति हुने शास्त्रीय मान्यता छ । यस धाममा संस्कृत विद्यालय पनि संचालित भै रहेको छ ।
गलेश्वरधामको पूर्वउत्तर Ôेत्रमा ब्रह्मलिन गुरु १००८ स्वामी ईश्वरानन्दको तपोभूमि छ । गुरु ईश्वरानन्द ब्रम्हचारीले गलेश्वरधाममा दुई दशकसम्म तपस्या गरी जीवनको अन्तिम अवस्थामा देवघाटधाममा ब्रम्हलिन हुनुअघि आँफूलाई गलेश्वरबाबाको नामाकरण गर्नुभयो । त्यसैले देवघाटधामको नाम गलेश्वरबाबा आश्रम रहन गएको बताइन्छ । कसै–कसैले देवघाटलाई गलेश्वर र गलेश्वरधाम भन्ने गरेको समेत पाइन्छ, तर त्यो भनाईमा कुनै सत्यता छैन । देवघाटधाम गलेश्वरबाबा आश्रम हो, गलेश्वर धाम होइन ।
गलेश्वर धामको पूर्वतर्फ कालीगण्डकी किनारको मन्दिरमा भगवान राम र शालिग्रामको पुजन हुन्छ । यो राममन्दिरबाट दक्षिण पश्चिम हुुुँदै पुनः गलेश्वरधामको परिक्रमा हुन्छ । यसरी रहुगङ्गा कालिगण्डकीको संगमस्थल हरिहर Ôेत्रका शिवालय, देवालय, गायत्री, राममन्दिर, पुलहाश्रम, लगायत देवीदेवताहरूको संगमलाई देवात्मा परब्रम्हात्मा, परमात्माको बासस्थानलाई गलेश्वरधाम भनिएको हो ।
गलेश्वरधामदेखि पश्चिम उच्च चुचुरोमा पौराण्ँिक कालमा पुलत्स्य पुलह ऋÈिले देवाधिदेव महादेवको तपस्या गरेको स्थानलाई पुलस्य पुलहाश्रम पुण्यभूमि भनिन्छ । पुलहाश्रममा गलेश्वरधामबाट २–३ घण्टा पैदल र गाडीमा ३० मिनेटमा पुग्न सकिन्छ । यस पुण्यभूमिको बारेमा श्रीमद्भागवतमहापुरण, रामायण, महाभारत जस्ता धार्मिक ग्रन्थहरूमा स्पष्ट उल्लेख भएकोले पुलहाश्रम संसारकै अत्यन्त पवित्र मोÔभूमि मानिन्छ । त्यही हरिहर Ôेत्रमा जडभरतबाट रहुगण राजाले दिव्य उपदेश पाउनुभएकोले गलेश्वरधाम र पुलस्त्य पुलहाश्रमको दर्शन पुजन एकैसाथ गर्दा बढि पुण्यलाभ हुने शास्त्रीय मान्यता रहेको बताइन्छ ।
त्यस धाममा गलेश्वर पुलत्स्य पुलह अन्नÔेत्र स्थायीरुपमा संचालित भएको छ । अन्नÔेत्रमा दाता महानुभावहरूद्वारा गरिएको तुलादान नगदी, जिन्सी र अन्य सहयोगबाट संकलित श्रोतबाट साधु सन्त, असहाय, अपाङ्ग, अशक्त, बृद्धाहरू र तीर्थयात्रीहरूलाई निःशुल्क भोजन एवं बसोबासको व्यवस्था गरिएको छ । अन्नÔेत्रमा सक्नेले सहयोग गर्छन नसक्नेले निःशुल्क गासबास पाउँछन् ।
गलेश्वरधाममा विभिन्न ठाउँबाट जेष्ठ नागरिक, अशक्त, अनाथ, अपाङ्ग, एकल महिला, साधु सन्त आई बस्नेको संख्या दिनानुदिन बढ्दो छ । उनीहरूलाई गासबासको व्यवस्था गर्न कोÈमा साधन श्रोतको कमिका कारण कहिले खुल्ला आकाश मुनि रात बिताउनु परेको छ । राज्य, स्थानीय निकाय, संघ–संस्था स्वदेशी, विदेशी दाता महानुभावहरूसंग गाँस, बास, कपासको लागि सहयोगको आशा राखेको छ गलेश्वरधामले ।
यस्तै गलेश्वरधामको गुरुयोजना समेत निर्माण गरी विकासका गतिविधि अघि बढाइएको छ । गुरुयोजना अनुसारका निर्माण कार्य गर्न ईच्छुक महानुभावहरू बाट रु.५००१।– (पाँचहजार एक रुपैयाँ) भन्दा माथि आर्थिक जिन्सी एवं निर्माण कार्य गर्ने दाताको नाम शिलालेखमा राखी कोÈको सदस्यता प्रदान गरिन्छ । शिवालय क्षेत्रमा हालसम्म भए गरेका संरचना निर्माण कार्य व्यक्ति आर्थिक गत दाताहरूको सहयोगमा सम्पन्न भएका छन्, र यो क्रम जारी छ ।
धर्मकर्म भनेको धार्मिक पूजापाठ, देवीदेवताको मन्त्रोच्चारण, यज्ञयज्ञादिमा सीमित नभएर दीन, दुःखी, अनाथ, अशक्त, अपाङ्ग, वृद्धा रोगीहरूको सेवा गर्नु बाटोघाटो, पानी प“धेरो, शिÔालय, देवालय, मठमन्दिर निर्माण तथा जिर्णोद्वार गरी पुण्य आर्जनका साथै पुस्तौं–पुस्तासम्म कीर्ति राख्नुपनि महानपुण्य कार्य मानिन्छ । गलेश्वरधाममा प्रत्येक दिन शिवज्योतिर्लिङ्ग एवं अन्य देवीदेवताको रुद्राभिÈेक, आरति, पुष्पाञ्जली, अभिÈेक पुजन एवं प्रसाद वितरणका साथै श्रावण महिनाको प्रत्येक सोमबार, बालाचतुर्दशी, महाशिवरात्री र अन्य महिनाको हरेक सोमबार र शनिबार विशेÈ पुजन दर्शन हुन्छ । त्यसैले जीवनमा जसले एकपटक भएपनि गलेश्वर ज्योतिर्लिङ्गेश्वर महादेवको पूजा दर्शन गर्छ उसले अवश्य पुण्य प्राप्त गरेको विश्वास रहेको पाइन्छ । साथै अन्नÔेत्रमा दैनिक ३०० जना साधु, सन्त, यात्रु विद्यार्थीहरूलाई सशुल्क, निःशुल्क बस्ने खाने व्यवस्था शान्ति सुरÔाको प्रवन्ध, पार्किङ्ग, शौचालय स्नानघरको व्यवस्था र मनोहर जंगल एवं बगैंचाको व्यवस्था छ । गलेश्वरधाम स्वदेशी विदेशी पर्यटकहरूको मुख्य प्रवेशद्वारको रुपमा अवस्थित छ । यसै धाम हुँदै म्याग्दी मुस्ताङ्गका विभिन्न पर्यटन स्थल र धार्मिक तीर्थस्थलहरू दर्शन गर्ने पर्यटकहरूको आवागमन हुन्छ । त्यहाँ स्तरीय होटल लज रेष्टुरेण्टको सुविधा छ र गलेश्वरधामबाट पुलाश्रम, ढाल्ठान जगन्नाथ हुँदै टोड्के मालिकातर्फको नयाँ पदमार्गबाट धेरै हिमालय श्रङ्खला, पहाड, झरना अलौकिक तीर्थस्थलहरूको दर्शन गर्न पाइन्छ । त्यसैले यसमार्गलाई पर्यटन Ôेत्र घोÈणा हुन जरुरी छ ।