धादिङ पोखरा आगिञ्चोक इकाइद्वारा अन्तरक्रिया

720 पटक पढिएको

सम्पादक: Dhadingnews.com

पेखरा, २४ जेठ । धादिङ पोखरा सम्पर्क समिति आगिञ्चोक इकाईद्वारा शनिबार पोखरामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

                                           धादिङ पोखरा सम्पर्क समितिको विगत, वर्तमान र भविष्य र धादिङ र पोखरामा धादिङवासी विषयक कार्यपत्र प्रस्तुत सहित समाजको भविष्य र आगामी दिनको योजना समेत प्रस्तुत गर्दै अन्तरक्रिया सम्पन्न गरेको थियो । इकाई समितिका उपाध्यक्ष सुदर्शन बसौलाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमका प्रमुख अतिथि धादिङ पोखरा सम्पर्क समितिका अध्यक्ष बलराम खतिवडाले समाजिक क्षेत्रमा हुने राजनीतिले नकारात्मक तर्फ लगेको आरोप लगाएका थिए । उक्त अवसरमा अन्तर समाज महासंघ नेपालका सस्थापक अध्यक्ष एवं समितिका वरिष्ठ सल्लाहकार रुद्रप्रसाद खनालले विगतमा धादिङवासीलाई पोखरेली समूदायले हेर्ने ब्यवहारमा परिवर्तन भएको बताए । २०५५ सालमा स्थापना भएपछि आजसम्म आइपुग्दा समाजले नयाँरुप प्राप्त गरिसकेकोमा खुसी ब्यक्त समेत गरे ।

                                        कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रुद्रप्रसाद भट्टले शुभकामना मन्तब्य दिँदै समितिमा इकाइहरु गठनले नकारात्मक तर्फ लैजाने सक्ने सम्भावना बढ्ने तर्फ ध्यान दिन आग्रह गरे । समितिका सल्लाहकार परिसदका सदस्य एवं अन्तर समाज महासंघका केन्द्रीय सदस्य समेत रहेका केदार धमलाले कार्यपत्र प्रस्तुत गर्दै समाजमा सवै राम्रा मात्र नहुने हुँदा नराम्रो गर्नेलाई समाजमा प्रबेश रोक लगाउनु पर्नेमा जोड दिएका थिए । उनले समाजमा राजनीतिक रंगहरुलाई धोएर अनुराधा कोइराला(नेपाल), मेघा पाटेकर(भारत), जिमी कार्टर र विल गेट्स(अमेरिका) जस्ताको उदाहरण दिँदै राजनीतिबाट मात्र समाज देख्ने आँखाहरु दोषी सिद्ध भएको बताए । धमलाले समाजमा आफ्नो र म भन्ने धारणा छोड्न सवैमा आग्रह गर्दै विश्व बजारमा प्रतिष्पर्धा गर्न पछि हट्न नहुनेमा जोड दिएका थिए । आगिञ्चोक इकाईका अध्यक्ष हरि पन्तले धादिङको महिमा, एतिहाँसिक धरोहरको अवस्था, टार, वेसी, हिमाल, नदी नाला, जनसंख्या, प्रशासनिक अवस्था, जातजाति, धर्म, आर्थिक अवस्था लगाएतको बारेमा धारणा सहित कार्यपत्र प्रस्तुत गरेका थिए । मूल समितिका वरिष्ठ उपाध्यक्ष गोकर्ण लम्सालले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा पूर्व अध्यक्ष कृष्णकुमार श्रेष्ठ, धादिङ सहयोग सस्थाका अध्यक्ष बेनी पाठक, खरि इकाईका अध्यक्ष शेरबहादुर अधिकारी, समितिका सचिव गोकर्ण अधिकारी, इश्वर कुमार श्रेष्ठ, सस्थापक अध्यक्ष नवराज दुवाडी, रामकृष्ण दुवाडी, गुणराज सापकोटा, समिर अर्याल, कृष्णबहादुर लम्साल, कुमार आचार्य लगाएतले कार्यपत्रमा सुझाव तथा टिप्पणी गरेका थिए । सम्पर्क समितिमा नेकपा एमाले, नेकपा माओवादी र नेपाली काँग्रेसका कार्यकर्ताले आ–आफ्नो ढंगबाट अगाडि बढ्दा समिति दुव्लाउने हुँदा सो कार्य बन्द गर्न अधिकांश बक्ताहरुले जोड दिएका थिए । नीलकण्ठ नगरपालिका र ४६ गाविस रहेको जिल्लाको विकास नै महत्वपूर्ण हुनेहुँदा सम्पर्क समितिले नयाँ नयाँ योजना ल्याउँदै अगाडि बढ्न करिव १ सय १० जना भन्दा बढि सहभागिले नेतृत्वलाई सुझाब दिएका थिए ।