गोसाँइकुण्ड जान लागेका धादिङ मैदीका रामप्रसाद अर्यालको निधन

682 पटक पढिएको

सम्पादक: Dhadingnews.com

रसुवा २५ जेठ ।

गोसाँईकुण्ड जान लागेका एक यात्रुको यहांस्थित लौरीविनायकमा मृत्यु भएको छ ।

गंगादशहरा मेलामा हिजो गोसाँईकुण्ड हिंडेका धादिङ जिल्ला मैदी २ का ७५ वर्षीय रामप्रसाद अर्यालको लेक लागेर मृत्यु भएको हो । अर्यालको हिजो दिउसो साँढे तीन बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।