गाँजा खेतीको बिकल्पमा बिशेष कार्यक्रमको खोजी

896 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ, ३० जेठ – धादिङ जिल्लामा बर्षौदेखि हुंदै आईरहेको अवैध गाँजाखेतीको विस्थापन गरी किसानहरुलाई बैकल्पिक पेशामा सहभागी गराउन बिशेष कार्यक्रम संचालन गरिने भएको छ ।
जिल्लाका विभिन्न गाविसका किसानहरुले परम्परागत रुपमा गर्दै आएको गाँजा खेती विस्थापन गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने सरोकारवालालहरुले प्रतिवद्धता व्यक्त गरेका हुन । जिल्ला प्रशासन कार्यालय धादिङको समन्वय एवम गृह मन्त्रालय लागु औषध नियन्त्रण महाशाखा काडमाण्डौको आयोजनामा विहीवार धादिङबेसीमा भएको लागु औषध नियन्त्रणको क्षेत्रमा क्रियाशिल सरकारी, गैरसरकारी संघसंस्था र सरोकारवाहरु वीच गाँजा अफिमको सट्टा कृषि जागरण अभियान कार्यक्रममा सरोकारवालाहरुले गाँजा खेती हटाउन विषेश कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता जनाएका हुन ।
जिल्लाको दक्षिणी भागमा पर्ने गाविसका महाभारत श्रृखलाका बस्तिहरुमा परम्परागत रुपमा गरिदै आएको गाँजा खेती विस्थापन गर्न प्रभावित क्षेत्रका कृषकलाई कृषि तथा पशुपालन र गैह्रकाष्ठ वन पैदावारमा बिशेष कार्यक्रम सञ्चालन गरिने कार्यक्रममा बताईएको थियो। कार्यक्रममा सहभागी  एमालेका किराञ्चोक गाविसका स्थानीय कार्यकर्ता केशव अधिकारीले गाँजा खेती हुने गाँउवस्ती सम्म सरकारले मोटर माटो पुर्याए यहांका किसानलाई डोका, डाला बनाउन र  वाख्रा पालन तर्फ आकर्षित गारउन सकिने सुझाव दिएका दिएका थिए । त्यसैगरी अर्का सहभागी नेपाली कागे्रसका प्रतिनिधि गोपाल तामाङले अबैध भनिएको गाँजा खेतीबाट समुदायको जिवनयापन भईरहेकाले अव खाद्यन्न तथा आयआर्जनमा सहयोग पुर्याउने कार्यक्रम ल्याउनुपर्ने बताएका थिए ।
गांजा बिक्री बितरणका ओसार पसार गरेको आरोपमा अहिले पनि  जिल्लाका विभिन्न स्थानका ३५ जना भन्दा बढी  देशका विभिन्न जेलमा रहेको कार्यक्रममा वताईएको थियो । गैर कानूनी कार्य भएकाले गाँजा विस्थापन गर्न प्रभावित क्षेत्रमा केन्द्रिय र जिल्लास्तरबाट वैकल्पिक तथा दिगो आर्यआर्जनका कार्यक्रम सञ्चालन गर्न सरोकारवालाहरुले आग्रह गरेका थिए ।
कार्यक्रममा   कार्यपत्र प्रस्तुत गर्दै वरिष्ठ कृषि विकास अधिकृत होमराज विष्टले गाँजा खेती हुने क्षेत्रमा किवी, सुन्तला, कागती, नास्पाती जातका फलफूल खेती र आलु काउली, वन्दा लेकाली राज्मा, स्कुस, मूला लगायतका तरकारी उत्पादन गर्न सकिने बताएका छन । दक्षिणी धादिङका माथिल्लो वस्ति उच्च पहाडमा रहेकाले मूला, रायो लगायतका वीउ उत्पादन गर्न उपयुक्त हावापानी भएकाले गाँजा खेती विस्थापन गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने सरोकारवालहरुले प्रतिवद्धता व्यक्त गरेका छन  ।
जिल्ला पशुसेवा कार्यालयका गणेश ढकालले गांजा खेती विस्थापनका लागि कार्यालयको तर्फवाट घाँस खेती प्रर्वद्धन र पशुपालन तथा नश्ल सुधारका कार्यक्रम लैजाने वताए । लागु औषध महाशाखाका प्रमुख ऋषिराम तिवारीले शिवरात्रीमा सन्तमहन्तलाई सरकारीस्तरबाटै गाँजा वितरण गर्ने परम्परा अन्त्य भई लागु औषध नियन्त्रण राष्ट्रिय नीति २०६३ र लागु औषध नियन्त्रण रणनीति २०६६ जारी भएको  बताए । पहिलो चरणमा कानूनी व्यवस्था, लागु औषधले पार्ने नकारात्मक असर र गाँजा खेतीको सट्टा गर्न सकिने खेती प्रणाली वारेमा अन्तर मन्त्रालय देखि जिल्ला र गांउस्तरका सरकारी तथा गैसरकारी संघसंस्थाहरुसंग समन्वय भईरहेको पनि तिवारीले जानकारी दिएका छन ।। प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले लागु औषध नियन्त्रणमा स्थानीय प्रशासनको भूमिकाको चर्चा गर्दै लागु औषध मुक्त जिल्ला बनाउन सरोकारवाला पक्षसंग आग्रह गरेका छन । कार्यक्रमको समापन गर्दै स्थानीय विकास अधिकारी रुद्रसिङ तामाङले साझेदार संस्थाहरुसंग समन्वय गरी स्थानीय माटो हावापानी सुहाउदो प्रविधिको प्रयोग गरी कृषि तथा पशुपालनमा जोड दिएर धादिङ जिल्लालाई गांजा खेतीवाट मुक्त गराउन सबैपक्षले सहकार्य गरेर अघि बढेमा सहयोग लागि कार्यालय तयार रहेको प्रतिवद्धता जनाएका छन् ।