नौविसे नागढुंगा सडक मर्मत वर्षात अघि नै सकिने

544 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौं,  – सरकारी टोलीले शुक्रबार नागढुङ्गा–नौविसे सडक खण्ड मर्मतको काम निरीक्षण गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कृष्णहरि बाँस्कोटा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौला, ट्राफिक प्रहरीका डिआइजी केशव अधिकारी, सडक विभागका महानिर्देशक लगायतका सरकारी अधिकारीले काठमाडौ प्रवेश गर्ने मुख्य सडक मर्मत कार्यको निरीक्षण गरेको हो ।

निरीक्षणपछि सचिव बाँस्कोटाले यो सडक खण्ड वर्षातअघि नै मर्मत सकिने बताउनुभयो । पछिल्लो समय काममा तिब्रता आएको भन्दै उहाँले वर्षात शुरु हुनुअघि नै मर्मत सकिने बताउनुभएको हो । निरीक्षण टोलीले नागढुङ्गा हुँदै झयाप्लेखोला, सिस्नेखोला, खत्रीपौवा मोड, सत्रकीलो, गणेश मन्दिर, सिक्रे÷सुंगुरे खोला, याक घर क्षेत्रमा सडक मर्मतको निरीक्षण गरेको थियो ।

याक घरमा भित्तापट्टी नयाँ ट्रयाक खोल्ने काम सकिएर सडक फराकिलो पारिएको छ । त्यसैगरी भित्तापट्टी रिटेनिङ वाल निर्माणको काम धमाधम भैरहेको निरीक्षण टोलीले जनाएको  छ ।

स्थलगत निरीक्षणपछि सचिव बाँस्कोटाले कतैपनि सडक जाम हुन नदिई मर्मत गर्न निर्देशन दिनुभयो । मर्मत छिटो सिध्याउन रेडिमिक्स प्रयोग गर्न, खाल्टा खुल्टी तत्कालै पुर्न, लोडर, स्काभेटर, मिक्चर लगायतका उपकरणको कमी हुन नदिन पनि उहाँले निर्देशन दिनुभयो । यो सडक खण्ड वैशाख महिनासम्म सकिनेगरी सडक मर्मत शुरु भएपनि अहिलेसम्म सकिएको छैन उज्यालो अनलाईनले खबर लेखेको छ ।