‘बाटो हगुवा’लाई एकसय जरिबाना!

694 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौं, असार १ – केहीवर्ष पहिलेसम्म धेरै गाउँठाउँका बाटोघाटोमा हिँडिसक्नु हुन्नथियो । नाकमुख थुनेर हिँड्नुपर्ने ।

चिप्लेरै लडिएलाजस्तो जताततै फोहोर । छेउकुनामा भन्दा पनि बाटोमै दिसापिसाब गर्ने बानी । पछिल्लोपटक खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने क्रम बढेसँगै बाटोघाटोमा फोहोर गर्ने प्रवृत्ति केही घटेको छ । तर पुरै सुधार हुन भने सकेको छैन ।

बाटोमा फोहोर गर्ने बानी सुधार्न नसक्नेहरुलाई स्थानीय प्रशासनले दण्ड जरिबानापनि गर्न थालेका छन् । बाजुराका गाउँ विकास समितिहरुले अहिले यस्तै काम थालेका छन् ।

‘घरमा चर्पी बनाउनेलाई सरसफाई परिचयपत्र दिने र बाटोमा दिसापिसाब गर्नेबाट जरिबानाउठाउने काम भैरहेको छ’ बाजुराको जगन्नाथ गाविसका सचिव रामदत्त न्यौपानेले उज्यालोलाई जानकारी दिनुभयो ।

बाटोमा जथाभावी दिसा गर्नेलाई ‘बाटो हगुवा’ भनेर रु. १००। जरिबानाउठाउने गरिएको छ । सुरुमा चेतावनी दिने र फेरि पनि अटेर गरेको पाइए जरिबानालिने गरिएको न्यौपानेले बताउनुभयो । जगन्नाथ गाविसलाई गएको चैत २ गते खुला दिसामुक्त गाउँ घोषणा गरिएको हो । जिल्लाका २७ वटा गाविसमध्ये २१ वटा गाविसलाई खुला दिसामुक्त घोषणा गरिसकिएको छ ।

‘बाटो हगुवा’लाई एकसय जरिबाना!

-उज्यालो अनलाईनवाट