कम्प्युटरको ज्ञान नभएकालाई साक्षर मान्न सकिंदैन–महाविर पुन

1133 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ–कम्प्युटर सम्वन्धि आधारभुत ज्ञान नभएसम्म साक्षर भएको मान्न नहुने स्थानीय तहमा संचार तथा सूचना प्रविधिको विकासका लागि कृयाशिल व्यक्तित्व महाविर पुनले वताएका छन ।
SAM_2917इन्टरनेटको ज्ञान र प्रयोग नभए सम्म कम्प्युटरको महत्व नहुने र गाउं गाउंमा कम्प्युटरसंगै इन्टरनेटको पनि विस्तार आवश्यक भएको पुनको भनाई छ । शनिवार देखि धादिङबेसीमा शुरु भएको स्थानीय निकाय र शैक्षिक निकायहरुमा सूचना प्रविधिको उपयोग सम्वन्धि कार्यशाला गोष्ठिको उदघाटन गर्दै पुनले यस्तो वताएका हुन ।
इन्टरनेट सोसाईटी नेपाल र जिल्ला शिक्षा कार्यालय धादिङको संयुक्त आयोजनामा शनिवार देखि धादिङबेसीमा शुरु भएको सुचना प्रविधि सम्वन्धि दुई दिने कार्यशाला गोष्ठिको उदघाटन गर्दै पुनले सामुदायिक बिद्यालयमा कम्प्युटर संगै इन्टरनेट पनि पुर्याउनुपर्नेमा जोड दिएका हुन ।
गोष्ठिको उदघाटन कार्यक्रममा पुर्व विधायक रामनाथ अधिकारी,प्रमुख जिल्ला अधिकारी दिपकराज नेृपाल,एकीकृत नेकपा मओावादीका रामवहादुर भण्डारी,राष्ट्रिय प्रजातन्त्र पार्टीका नन्दप्रसाद काप्री, नेकपा एकीकृतका शिवनिधि खनाल लगायतको आतिथ्य रहेको थियो । कार्यशालामा जिल्लाका सामुदायिक बिद्यालयका प्रधानाध्यापक एवम कम्प्युटर बिषयका शिक्षक, जिल्ला शिक्षा कार्यालयका श्रोत व्यक्ति,बिद्यालय निरिक्षकका साथै जिल्लामा कृयाशिल संचारकर्मीहरुको सहभागिता रहेको छ ।