झार्लाङमा सामाजिक लेखा जोखा कार्यक्रम सम्पन्न

607 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङबेसी–उत्तरी धादिङको झार्लाङ गाविसमा सामाजिक गतिविधि संचालन गर्दै आएको प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल) धादिङले सोमबार झार्लाङमा सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाले झार्लाङ गाविसमा गरिबी निवारण कोष काठमाडौं,सिविस काठमाडौं र रुम टु रिड नेपालको साझेदारीमा झार्लाङ गाविसका बिद्यालयहरुमा पुस्तकालय,गरिवी निवारण निवारण कार्यक्रम र आफ्नो घर आफ्नो परिवार कार्यक्रम संचालन गर्दै आईरहेको छ । स्थानीय बयोबृद्ध ल्मङ तामाङको अध्यक्षता झार्लाङ गाविस वडा नं ५ कलमरङमा भएको कार्यक्रममा स्थानीय राजनैतिक दलका प्रतिनिधिहरु, सामुदायिक संस्थाका अध्यक्ष, सचिव, कोषाध्यक्ष, बिद्यालयका शिक्षक प्रतिनिधीहरु,बाल क्लबमा पदाधिकारीहरु,बालसंरक्षण समितिका पदाधिकारी,स्थानीय स्तरमा कार्यरत अन्य संस्थाका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।
संस्थाले आफूले गरेको कामको सामाजिक रुपमा संचालन गरेको काम उदाहरणीय रहेको र आगामी दिनमा यस्तो कामलाई निरन्तरता दिन सुझाव दिएका थिए । यसै गरी संस्थालाई सामाजिक जिम्मेवारीका साथ कार्य गर्न सुझाव दिनु भएको थियो । बिजय तामाङको सहजिकरणमा भएको कार्यक्रममा संस्थाले आ..ब ०७०,०७१ मा गरेका गतिविधि तथा आर्थिक विवरण प्रस्तुत गरिएको थियो । कार्यक्रममा उठेका सवालहरुलाई प्रयास नेपाल धादिङको तर्फबाट सूनिता कडेल र कुमार तामाङले स्पष्ट पार्नु भएको थियो । सामाजिक लेखा जोखा संस्थाले सेवा प्रवाहमा पारदर्शिता,जवाफदेहिता,बिश्वसनियता,संस्थाले बर्ष भरि गरेका गतिविधीहरुको सार्वजनिकिकरण गर्न र संस्थामा सुशासन स्थापित गर्न गरिएको र सामाजिक लेखाजोखामा सरोकारवालाहरुले दिएको सुझावलाई आगामी बर्षको कार्यक्रम बनाउने क्रममा समावेश गर्दै जाने संस्थाका कार्यकारी निर्देशक दामोदर अर्यालले धादिङ न्युजलाई बताउनु भयो ।