समूह गतिशिलता तालिम सम्पन्न

891 पटक पढिएको

सम्पादक: Dhadingnews.com

गजुरी गाउँ विकास समिति वडा नम्वर १ शान्ति नेपालको तालिम हलमा २ दिने समूह गतिशिलता तालिम सोमवार  सम्पन्न भएको छ । आमा समूह संजाललाई दिगो र प्रभावकारी रुपमा क्रियाशील गर्न सञ्जालका सदस्यहरुमा नेतृत्व क्षमता अभिवृद्दि भई संचार र समन्वयात्मक भुमिकामा सुधार ल्याउने उद्देश्यले तालिमको आयोजना गरिएको थियो । शान्ति नेपालको आयोजनामा भएको तालिममा किरान्चोक, कुम्पुर र मुरलिभञ्ज्याङका आमा समूह सञ्जालका २८ जना सदस्यहरु को सहभागिता रहेको थियो । तालिममा आमा समूह संजालको वर्तमान अवस्था, व्यवस्थित तथा सक्रिय समूहमा हुनुपर्ने गुणहरु, समूहमा प्रभावकारी संचार, समूहको चरण, समूहका सदस्यहरुको काम कर्तव्य र अधिकारका विषयमा जानकारी गराउनुभएको थियो । तालिममा शान्ति नेपालका सामुदायिक स्वास्थ्य अधिकृत इन्द्रमान शाक्य, सामुदायिक स्वास्थ्य सहजकर्ता अर्जुन न्यौपाने र सुजन गुरुङले विषय वस्तुका बारेमा जानकारी गराउनुभएको थियो