ट्याक्टरबाट खसेर परियारको मृत्यु

572 पटक पढिएको

सम्पादक: Dhadingnews.com

हरि पन्त
पोखरा -लेखनाथ नगरपालिका वडा नं. १३ स्थित गगनगौंडामा बुधबार ग१त १८१७ नम्बरको ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ आगिन्चोक ६ घर भई हाल लेखनाथको पावरहाउस बस्ने १९ वर्षीय विनोद परियार रहेका छन् । उनी सो ट्याक्टरको सह–चालक समेत हुन् । परियार गगनडौंडा नजिकै रहेको सेती नदीबाट बालुवा लिएर लेखनाथ फर्कनेक्रममा सो ट्याक्टरबाट खस्दा सोही ट्याक्टरको पछाडिको चक्काले च्यापिएर उनको मृत्यु भएको होे । घाइते अवस्थामा उनलाई उपचारार्थ चरक अस्पताल पोखरा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । चालक धादिङ चैनपुरका मंगल परियार र ट्याक्टरलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । मृतक विनोदको शवलाई पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।