धादिङवासीले दही च्युरा खाएर पन्ध्रअसार मनाए

665 पटक पढिएको

सम्पादक: Dhadingnews.com

पोखरा -पोखरामा क्रियाशील सामाजिक संस्था धादिङ–पोखरा सम्पर्क समितिले नेपाली कृषकहरूको लोकप्रिय पर्व असार १५ मनाएको छ । समितिका पदाधिकारीहरूबीच शनिबार दही र च्युरा खाएर उक्त असार १५ वर्ष मनाईएको हो ।
समितिले यहि असार २१ गते शनिबार आयोजना गर्ने ११औं खुल्ला रक्तदानको तयारी सम्बन्धी विशेष बैठकमा उक्त असार १५ पर्व मनाइएको थियो ।
त्यस अवसरमा समितिका अध्यक्ष बलराम खतिवडा, वरिष्ठ उपाध्यक्ष गोकर्ण लम्साल, उपाध्यक्षद्वय डिलबहादुर ढकाल र गुणराज थपलिया (कमल), सह–सचिव हरिप्रसाद अधिकारी, कोषाध्यक्ष लालप्रसाद पाठक, सह–कोषाध्यक्ष रामकुमार घिमिरे, धादिङ सहयोग संस्थाका अध्यक्ष वेनी पाठकका साथै समितिका कार्यसमिति सदस्य, सल्लाहकार एवं साधारण सदस्यहरूको सहभागिता रहेको थियो । रक्तदान जीवनदान, जीवनदान महादान भन्ने मूल नाराका साथ समितिले आफ्नो नियमित कार्यक्रम अनुसार असार २१ गते शनिबार रक्तदान कार्यक्रम आयोजना गर्दैछ । रक्तदान कार्यक्रम पोखराको सभागृहचोकमा बिहान ७ बजेदेखि शुरु हुने बताइएको छ । कार्यक्रमका लागि विभिन्न व्यक्ति तथा समितिका सदस्यहरूले आर्थिक एवं जिन्सि सामाग्री सहयोग गर्ने प्रतिवद्धता जनाएको र उक्त कार्यक्रमको तयारीलाई तीव्र पारिएको समितिका अध्यक्ष बलराम खतिवडाले धादिङ न्यूज लाई जानकारी दिए ।
कार्यक्रम सम्पन्न गर्न समितिका सदस्य हरि पन्तको संयोजकत्वमा सात सदस्यीय एक रक्तदान समिति गठन गरिएको छ । गठित समितिको उप–संयोजकमा शम्भुप्रसाद अधिकारी, शेरबहादुर अधिकारी, प्रकाश दुलाल, गोपाल नेपाली, दीपक गिरी, कृष्णप्रसाद थपलिया रहेका छन् ।
यसैबीच शनिबार धादिङ–पोखरा सम्पर्क समिति आगिन्चोक इकाई समितिले केही साता अघि पोखरामा सम्पन्न अन्तक्र्रिया कार्यक्रमको समीक्षा गरेको छ । एकाइमा अध्यक्ष हरि पन्तको अध्यक्षतामा सम्पन्न बैठकमा सहभागी पदाधिकारी, सदस्य, सल्लाहकार एवं धादिङ–पोखरा सम्पर्क समितिका अध्यक्ष बलराम खतिवडा लगायतले अन्तक्र्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको र कार्यक्रमले धादिङवासीमा सकारात्मक सन्देश दिएको बताएका थए । आगिन्चोक इकाईले गत जेठ २४ गते शनिबार धादिङ–पोखरा सम्पर्क समितिका लागि धादिङवासीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो ।