मुसलमानहरुको रमजान पर्व सुरु

748 पटक पढिएको

सम्पादक: Dhadingnews.com

Ramjanकाठमाडौं, १६ असार । मुसलमानहरुको रमजान पर्व आज आजदेखि सुरु भएको छ ।

एक महिनासम्म चल्ने रमजानमा मुसलमान धर्मावलम्बीले ‘रोजा’ बस्ने गर्दछन् । रोजा मुसलवान हरुको कठिन ब्रत हो । सूर्य उदाउनुभन्दा अगाडि सेहहरी खार्ई सुरु हुने रोजा सूर्यास्त भइसकेपछि अवतारिक गरी रोजा खोलिन्छ ।

रोजा जस्तो कठिन व्रत गर्ने व्रतालुले यस महिनालाई पवित्र महिनाका रुपमा लिन्छन् । रोजा अशक्त, बिरामी र बालबालिकाबाहेक सबैलाई अनिवार्य छ । रमजानमा पहिलो १० दिनको अवधिलाई बरक्कत, दोस्रो १० दिनको अवधिलाई रहमत र अन्तिम १० दिनको अवधिलाई मगफिरत भनिन्छ ।

रोजा बस्ने धर्मावलम्बीले आफ्नो शरीरलाई चोखो राखी दिनमा नियमित पाँचपटक नमाज पढ्नुका साथै रातमा थप तरावीको नमाज पढ्ने गर्छन् ।