४ सय ३ इन्‍स्‍पेक्‍टरको सरुवा

714 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौं : नेपाल प्रहरीका चारसयभन्दा बढी निरीक्षकहरुको सोमबार सरुवा भएको छ। प्रहरी मुख्यालयले सोमबार निरीक्षक सरुवाको निर्णय गरेको हो। नेपाल प्रहरीका प्रवक्ता गणेश केसीका अनुसारका चार सय ३ जना निरीक्षकहरुको विभिन्न इकाइमा सरुवा भएको छ।

हाल कार्यवहाक प्रधानमन्त्रीसमेत रहेका उपप्रधानमन्त्री वामदेव गौतमले गृहमन्त्रालय समालेपछि पहिलोपटक ठूलो संख्यामा प्रहरी अधिकृतहरुको सरुवा भएको हो। प्रहरी मुख्यालयले सोमबार साँझ निरीक्षक सरुवाको सूची सार्वजनिक गरेको हो। यो नियमित प्रक्रियाअनुसारकै सरुवा भएको केसीले बताए।http://nepalpolice.gov.np/images/police/transfer/Inspector_tranfer_kapra.pdf