‘भागबण्डाको हल्ला निराधार-वामदेव गौतम’

545 पटक पढिएको

सम्पादक: Dhadingnews.com

bam-gautam_20140705014928काठमाडौ, असार २१ – एमाले वरिष्ठ उपाध्यक्ष वामदेव गौतमले आफूले पार्टी नेतत्वमा ४० प्रतिशत हिस्सा मागेको हल्ला निराधार भएको बताएका छन् । उनले महाधिवेशनमा पार्टीको नीति र नेतृत्वको निर्णय गर्ने अधिकार सहभागी प्रतिनधीहरुलाई भएको र उक्त निर्णय सबैले स्विकार्ने जनाएका छन् ।

अध्यक्षका प्रत्यासी केपी ओलीसाग गौतमले ४० प्रतिशत हिस्सा मागेको समाचार आएपछि गौतमले त्यसको प्रतिवाद गरेका हुन् । उनको तर्फबाट उनका प्रेस संयोजक विश्वमणि सुवेदीले प्रेस वक्तव्य निकालेर उक्त समाचारको खण्डन गरेका छन् ।

गौतमले महाधिवेशनको बन्द सत्रलाई प्रभावित पार्न नेताहरुको चरित्रमाथि प्रश्न खडा गराउने जस्ता कार्य बन्द गर्नुपर्ने भनेका छन् ।

ओली पक्षमा खुलेर लागेका गौतमले निर्वाचन प्रणालीभन्दा सहमतीय आधारमा नेतृत्व चयन हुनुपर्ने कुरालाई जोड दिएको वक्तत्वमा जनाइएको छ ।