घुस लिदै गर्दा प्रहरी सहायक निरिक्षक पक्राउ, आयोजना प्रमुख विरुद्ध भ्रष्टाचारको मुद्धा

771 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

timthumbबुटवल – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी सहायक निरिक्षकलाई घुस लिदै गरेको अवस्थामा पक्राउ गरेको छ । दुई व्यतिmवीचको लेनदेन कारोबार विरुद्ध परेको उजुरीलाई मिलाईदिने भन्दै गोलपार्क स्थित एक होटलमा एकलाख ५० हजार रुपैया घुस लिदै गर्दा अख्तियारको विशेष टोलीले प्रहरी सहायक निरिक्षक रामप्रसाद पौडेललाई पक्राउ गरेको हो । यस्तै नसरी मोरङ सिचाई आयोजनाका तत्कालीन प्रमुख विनयकुमार सिंह विरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचारको मुद्धा दायर गरेको छ । सिंह आयोजना प्रमुख हुदाँ एक करोड ४५ लाख रुपैया गैरकाकनुनी रुपमा आर्जन गरेको दाबी सहित अख्तियारले सिंह र उहाँकी पत्नी अल्का सिंह विरुद्ध आज काठमाण्डौको विशेष अदालतमा मुद्धा दर्ता गराईएको विज्ञप्ती मार्फत जनाएको छ । यसैबीच अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युत प्राधिकरणमा तत्काल कार्यकारी निर्देशक नियुक्त गर्न सरकारलाई निर्देशन दिएको छ । लामो समयदेखि निमित्तको भरमा प्राधिकरण चलाउदा समस्या परेको भन्दै अख्तियारले मुख्य सचिवलाई पत्र पठाउदै कार्यकारी निर्देशक नियुक्त गर्न निर्देशन दिएको हो ।