धादिङ जिल्लामा रहेर सामाजिक संस्थामा काम गर्न चाहनेहरुका लागि सुनौलो अवसर

719 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

मानवीय विकास तथा श्रोत व्यवस्थापन नेपाल

(HRDMAN)

कर्मचारी आवश्यकता
प्रथम प्रटक प्रकाशन मिति २०७१ श्रावण महिना ११ गते

ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको समन्वयमा ६ जिल्लामा सञ्चालन भइरहेको एलाक डीपी कार्यक्रमले सेवाग्राही र सेवा प्रदायक बीचमा रहेका गुनासा संकलन गरी गुणस्तरीय सेवा प्रवाह गराउन सार्वजनिक निकायबाट प्रतिवद्धता लिने लक्ष्य राखेको छ । उक्त कार्यक्रम धादिङ जिल्लामा टीआई नेपाल आबद्ध संस्था मानवीय विकास तथा श्रोत व्यवस्थापन नेपाल (HRDMAN) को संयोजनमा सञ्चालन भैरहेकोे छ । निम्न पदमा हाल एक वर्षका लागि कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिहरुबाट दरखास्त आह्वान गरिएको छ ।
क. कार्यक्रम अधिकृतः १ (एक) जना :
– न्युनतम योग्यता : स्नातकोत्तर गरी २ (दुई) वर्षको कार्यानुभव वा स्नातक उत्तीर्ण गरी कम्तीमा ३ (तीन) वर्षको अनुभव भएको ।
– डेस्कटप सफ्टवेयर (एमएस अफिस प्याकेज) मा काम गर्न सक्ने ।
– अंग्रेजी र नेपाली भाषामा प्रतिवेदन लेख्न सक्ने ।
– सम्बद्ध जिल्लाको आर्थिक, सामाजिक, राजनीतिक अवस्थाबारे जानकारी भएको ।
– जनसम्पर्क विस्तार गर्दै सरोकारवाला र सेवा प्रदायकका बीच समन्वय गर्न सक्ने ।
– सार्वजनिक सेवा, ऐन कानुन, नीति नियमावलीका बारेमा व्यवहारिक ज्ञान भएको र
– तालिम, गोष्ठी र अभियान समन्वय गर्न सक्ने क्षमता भएको ।
ख. कार्यक्रम सहायकः १ (एक) जना :
– न्युनतम योग्यता स्नातक गरी २ (दुई) वर्षको कार्यानुभव वा प्रवीणता प्रमाणपत्र उत्तीर्ण गरी कम्तीमा ३ (तीन) वर्षको अनुभव भएको ।
– डेस्कटप सफ्टवेयर (एमएस अफिस प्याकेज) मा काम गर्न सक्ने ।
– अङ्ग्रेजी र नेपाली भाषामा प्रतिवेदन लेख्न सक्ने, र
– परियोजनाको आर्थिक प्रतिवेदन तयारी, दैनिक प्रशासन तथा लेखा दुरुस्त राख्न सक्ने ।
आवेदकले काम गर्न चाहेको पद तोकी आफ्नो व्यक्तिगत विवरण, शैक्षिक योग्यताको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, कार्यानुभव प्रमाणपत्र सहित निम्न ठेगानामा यो सूचना प्रथम पटक प्रकाशन भएको मितिले ०७ (सात) दिन भित्र प्राप्त भइसक्नुपर्ने छ । प्रारम्भिक छनौटमा परेका उम्मेदवारलाई मात्र सम्पर्क गरिनेछ । आवेदन संस्थाको कार्यालयमा बुझाउन र इमेलमा समेत पठाउन सकिने छ ।
स्थानीय संस्था
मानवीय विकास तथा श्रोत व्यवस्थापन नेपाल (HRDMAN)
नीलकण्ठ–५, पुछारबजार, धादिङ ।
फोन नं. : ०१०–५२०४४८,

E-mail : [email protected]

vacancy hardman copy