धादिङ परिचय

899 पटक पढिएको

सम्पादक: Dhadingnews.com

37758183उत्तरमा हिमाली शृंखला स्पर्श गरी दक्षिणमा तराई सम्मै फैलिएको छ हाम्रो धादिङ । अग्ला अग्ला पहाड, हिमाल, नदीनाला या सम्म परेका मैदान, फाँट बेसीजस्ता भौगोलिक विविधताका साथै मानव सभ्यताको द्रूतगति र विकासबाट नितान्त पिछडिएका चेपांग प्रजाति लगायत विभिन्न जातजाति, भाषाभाषी तथा सांस्कृतिक परम्परा बोकेको यो पहाडी जिल्ला, प्रकृतिको अनुपम सौन्दर्य र अथाह सम्पदाले भरिपूर्ण छ ।

आफु जन्मेको गाउँघर,खेलेको हुर्केको आँगन, आफु हिंडेको बाटोघाटो, पाखा पखेरो र आफ्नो माटोको माया कसलाई नहोला र ? हामी स्वदेश मै होउँ या पराइभूमिमा नै संघर्ष गरिरहेका किन नहोउं , आफु जन्मिएको हुर्किएको त्यो प्यारो ठाउँको माया हाम्रो छातीको कतै कुनामा एउटा मिठो स्मृति बनेर सधैं सधै बाचिरहेको हुन्छ ।

आफ्नो जन्मभूमिप्रतिको त्यही भावनाको प्रतिबिम्ब हो यो, भौतिक स्वरुपमा हामी जहाँ-जहाँ भएपनि, संसारको जुनसुकै भू-भागमा पुगे पनि धादिङवासीहरुको एउटा भावनात्मक सामिप्यता र एकता बनाउँ, हाम्रो गाउँघरको स्मरण गरौँ । हाम्रा पाखा पखेरा र कुना कन्दरामा छरिएका अपार सम्भावनाहरुको खोजी गरौँ, विचार विमर्श, बहस गरौँ र अनुभवहरु बाडौं । यत्ति हो हाम्रो चाहना ।