बस्तीलाई हरियाली वनाउन बृक्षारोपण

628 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

बाबुराम श्रेष्ठ

नीलकण्ठ–बस्तीलाई हरियाली र नमुना बनाउने उद्देश्यले धादिङको नीलकण्ठ नगरपालीका वडा नम्बर ११ को केउरेनी पाखामा वृक्षारोपण गरिएको छ । जिल्ला भूसंरक्षण कार्यालयको सहयोग र स्थानीयहरुको पहलमा जैविक वार वारेर सिमल, बेल, शति, बकाईनो, अमला लगाएतका विभिन्न थरीका सात सय बोट विरुवाहरु लगाईएको हो । नगरपालिकाको केउरेनी खोला सुस्म जलधार सरक्षण समितिले विगतका दिनहरुमा पनि यस्ता थुप्रै कार्यहरु गर्दै आएको र आगमी दिनहरुमा पनि यस्ता कामहरुलाई निरन्तरता दिदै जाने र पाँच हजार विरुवा रोप्ने लक्ष्य रही आफ्नो गाउँलाई एक नमुना गाउँ बनाउने उद्देश्यले वृक्षारोपण गरेको केउरेनी खोला सुस्म जलधार सरक्षणका अध्यक्ष नारायणकाजी सुवेदीले बताउनु भयो । उक्त वृक्षारोपण कार्यक्रममा जिल्ला भुसंरक्षणका अधिकृत राजु साप्कोटा, जिल्ला भूसंरक्षणका सहायक अधिकृत राजमान श्रेष्ठ, लगाएत स्थानिय महिलाहरुको सक्रिय सहभागिता रहेको थियो ।