मोबाइलमा फेसबुक च्याट गर्न मेसेन्जर डाउनलोड गर्नैपर्ने

860 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Facebook-Messenger-300x146 फेसबुकले आफ्नो मोबाइल फोन प्रयोगकर्ताका लागि फेसबुक च्याटका लागि म्यासेन्जर एप डाउनलोड अनिवार्य गर्ने भएको छ ।

गएको अप्रिलमा युरोपबाट यस्तो प्रयोग सुरु गरेर हौसिएको फेसबुकले अबका केही हप्तामा विश्वव्यापी रुपमै म्यासेन्जर एपलाई अनिवार्य बनाउन लागेको हो ।

फेसबुकमा अहिले गरिने च्याट भन्दा मेसेन्जर एपमार्फत हुने च्याटमा छिटो छिटो सन्देश प्रवाह हुने दाबी गरिएको छ, जसबाट प्रयोगकर्ताले छोटो समयमै प्रसस्त सन्देस आदान प्रदान गर्न पाउनेछन् ।

तर मोबाइल वेब, आइप्याड, फिचर फोन, विन्डोज फोन, तथा डेक्सटप कम्प्युटर प्रयोगकर्ताले भने फेसबुकको विद्यमान एपबाटै च्याट गर्न सक्नेछन् ।

स्मार्टफोनको फेसबुक एपमा रहेको म्यासेज ट्याबबाटै अहिलेसम्म अधिकांस आइफोन र एन्ड्रोइड फोन प्रयोगकर्ताले च्याट गर्ने गरेका छन् । यसमा डाउनलोड म्यासेन्जर भन्ने अप्सन समेत हुन्छ जसले म्यासेज ट्याबलाई नोटिफिकेसन केन्द्र तथा सर्टकटको रुपमा बदल्नेछ र त्यसलाई ट्याप गरेर म्यासेन्जरमा जान सकिन्छ ।

अब आइफोन तथा एन्ड्रोइड प्रयोगकर्ताले आफ्नो स्मार्टफोन एपमा मेसेन्जर डाउनलोड गर्ने सम्बन्धि एक नयाँ सूचना प्राप्त गर्न सक्छन् मुख्य एपमा च्याट बन्द हुने बित्तिकै ।

फेसबुकले यस्तो परिवर्तनले प्रभाव पार्ने आफ्ना प्रयोगकर्तालाई सूचित गरि इमेल समेत पठाउनेछ ।
– एजेन्सी