खरीवाट धादिङबेसी आउंदै गरेको वस पल्टिंदा १५ यात्रु घाईते

838 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

दुर्घटना पछि धादिङ जिल्ला अस्पतालमा उपचार गराउंदै गरेका घाईतेहरु तस्बिर : केशव अधिकारी ÷धादिङ
दुर्घटना पछि धादिङ जिल्ला अस्पतालमा उपचार गराउंदै गरेका घाईतेहरु
तस्बिर : केशव अधिकारी ÷धादिङ

धादिङ,- जिल्लाको खरी गाविसवाट ग्रामीण सडक हुंदै सदरमुकाम धादिङवेसी तर्फ आउंदै गरेको बस अनियन्त्रित भई सडकमै भई पल्टिंदा १५ जना यात्रु घाईते भएका छन । क्षमता भन्दा धेरै यात्रु राखेर खरी वाट धादिङबेसी तर्फ आउंदै गरेको ग १ ख ३९७९ नम्बरको बस आज विहान ( आईतवार ) ९ .३० वजे तिर खरी गाविसको वाघखोलामा पल्टिंदा १५ जना यात्रु घाईते भएका हुन । घाईते मध्ये चार जनाको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
घाईते हुनेहरुमा अधिकांश महिला तथा वालवालिका रहेका छन । गम्भिर घाईते भएकाहरु चैनपुरकी सिर्जना श्रेष्ठ,मैदी ६ की पार्वती सिम्खडा,सुनौलावजारकी मन्दिरा कोईराला र गजुरी २ की सिता बस्नेतको जिल्ला अस्पताल धादिङबेसीमा उपचार भईरहेको छ । दुर्घटना स्थल सदरमुकाम धादिङबेसीवाट डेढ घण्टा टाढाको दुरीमा रहेपनि दुर्घटनाको खवर आए लगत्तै प्रहरी,रेडक्रसकर्मी, यातायात व्यवसायी तथा स्थानीयवासीले घाईतेहरुको उद्धार गरी सांधभन्ज्याङ स्थित स्थानीय मेडिकलमा उपचारका लागि पुर्याएका थिए । स्थानीय मेडिकलमा प्राथमिक उपचार पछि गम्भिर अवस्थाका विरामीलाई जिल्ला अस्पतालमा ल्याईएको छ ।
दुर्घटनामा परि घाईते हुनुभएकी बस्नेतका अनुसार वसमा करिव ५० जना यात्रु रहेको र वाघखोला स्थित सडक भलले खोलेर निकै जिर्ण भएका कारण वसका चालकले यात्रुलाई ओर्लिदिन पटक पटक गरेको आग्रह नटेर्दा बस अनियन्त्रिणत भई पल्टिन गएको हो ।
जिल्लाका अधिकांश ग्रामीण सडक जस्तैखरी गाविसवाट धादिङबेसी आउने सडक पनि बर्षा संगै निकै जिर्ण हुन पुगेको र मर्मत सम्भारमा कुनै पनि निकायले चासो नराखिंदिंदा दुर्घटना हुन गएको धादिङ यातायात व्यवसायी संघका अध्यक्ष अर्जुन गोर्खालीले वताउनु भयो । विग्रिएका सडक मर्मत नगर्ने हो भने जिल्लाका अन्य स्थानमा समेत वस चलाउन कठिनाई पर्ने अध्यक्ष श्रेष्ठको भनाई छ ।