नेविसंघ धादिङको अध्यक्षमा इश्वर अधिकारी विजयी ,श्रीराम खतिवडालाई सर्वाधिक मत

847 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

ishwor adhikari धादिङ–नेपाल विद्यार्थी संघ धादिङको अध्यक्षमा इश्वर अधिकारी चयन हुनु भएको छ । धादिङवेसीमा जारी रहेको नेविसंघको तेह्रौ अधिवेशनबाट अधिकारी अध्यक्षमा चयन हुनुभएको हो । अध्यक्ष पदका प्रत्यासी रविसुदन थापाले ८४ र अधिकारीले १०४ मत ल्याएपछि अधिकारी अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । अध्यक्ष पदमा निर्वाचित अधिकारी लामो समय देखि नेविसंघ धादिङको सचिव पदमा कार्यरत हुनुहुन्थ्यो । अधिबेशनवाट कार्य समितिको सचिवमा डेविट घले, खुल्ला सदस्यहरुमा ठाकुर नेपाल,कुमारी तामाङ,राजन दनै,प्रदिप तिमिल्सिना,सोभित भण्डारी,हरी अधिकारी निर्वाचित भएका छन । यसै गरी खुल्ला महिला सदस्यहरु तर्फ अर्पणा थापा, देवकी कंडेल र सुमित्रा भण्डारी,क्याम्पस तर्फवाट विनोद नेपाल,पेचलस श्रेष्ठ, जनजाती तर्फवाट भोजवहादुर थापामगर भने निर्विरोध जिल्ला सदस्यमा चयन भएका छन । आठ जना केन्द्रिय प्रतिनिधि चयनका लागि पनि सदस्यहरुका बिच निर्वाचन भएको थियो । निर्वाचनवाट केन्द्रिय सदस्यमा निर्वाचित हुनेहरुमा सेतेमान तामाङ,सन्तोष लम्साल,श्रीराम खतिवडा,प्रमोद गिरी, उर्मिला थपलिया,दिपक कोईराला र विकास श्रेष्ठ रहेका छन । उर्मिला कंडेल भने निर्विरोध केन्द्रिय प्रतिनिधि चयन भएको निर्वाचन समितिले जनाएको छ । नेविसंघ जिल्ला कार्य समिति चयनका लागि बिद्यार्थीहरु दुई वटा प्यानल वनाएर निर्वाचन गएका थिए । अध्यक्ष पदमा निर्वाचित अधिकारी पार्टी सभापती रामनाथ अधिकारी निकटका मानिन्छन भने अध्यक्ष पदका पराजित थापा कांग्रेसका नेता भिम ढुङ्गाना निकट भनर चिनिएका थिए । थापा तत्कालिन नेपाली कांग्रेस प्रजातान्त्रिक निकटको बिद्यार्थी संगठन नेविसंघ प्रजातान्त्रिकका धादिङ जिल्ला अध्यक्ष समेत हुन । दुवै काँग्रेस पार्टी एकीकरण पछि थापा अध्यक्ष पदवाट वाहिरिएका थिए । प्यानल वनाएर निर्वाचनमा गएपनि दुवै तर्फका उम्मेदवारहरु समावेशी ढंगवाट कार्य समितिमा विजयी भएकाले सदस्यहरुले प्यानल नहेरी व्यक्तिलाई प्राथमिकता दिएको एक सदस्यले वताए । दुवै प्यानलमा नाम परेका श्रीराम खतिवडाले केन्द्रिय प्रतिनिधिमा १ सय ६६ मत र प्रमोद गिरीले १ सय ४५ मत पाएका छन । खतिवडा र गिरीको नाम दुवै प्यानलमा परेको थियो । केन्द्रिय प्रतिनिधिहरु मध्ये पुर्व अध्यक्ष दिपक कोईरालाको ८७,सेतेमान तामाङको ९० र केन्द्रिय सदस्य उर्मिला थपलियाको ९१ मत आएको थियो ।