सिड्स धादिङका लागि कर्मचारी आवश्यकता सम्बन्धी सूचना

1020 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

cirds logo

प्रथम पटक प्रकाशित मितिः २०७१÷०५÷१६–  (1 september 2014)

नेपाल सरकार तथा स्वीस सरकार वीचको द्धिपक्षीय सम्झौता अनुरुप,श्रम तथा रोजगार मन्त्रालय तथा हेल्भेटास स्वीस ईन्टरकोअपरेसन नेपालद्धारा संयुक्तरुपमा कार्यान्वयन गरिएको सुरक्षित आप्रवासन परियोजना (SaferMigration Project) “सामी” को लक्ष्य कसैलाई पनि वैदेशिक रोजगारीका लागि उत्साहित वा हतोत्साहित गर्ने नभई, वैदेशिक रोजगारीमा जाने निर्णय गरेका ब्यक्तिहरुको प्रयासलाई सुरक्षित तथा उपलब्धिमूलक बनाउन सहयोग पुर्याउनु रहेकोछ । आ.ब. २०७१।७२ देखि यस धादिङ जिल्लामा सञ्चालन गरिएको सामी परियोजना अन्तर्गतको विभिन्न क्रियाकलापहरुको कार्यान्वयन तथा सञ्चालनको लागि, साझेदार संस्थाको रुपमा सुरक्षित वैदेशिक रोजगारीसम्बन्धी सूचना तथा परामर्श केन्द्र र सामाजिक परिचालन कार्यक्रम व्यवस्थापन र सञ्चालनार्थ छनौट भई कार्यक्रम कार्यन्वयन गर्न यस चन्द्रज्योती एकीकृत ग्रामीण विकास समाज (सिड्स) धादिङ लाई निम्नानुसारको जनशतिmको आवश्यकता रहेको हुनाले अनुभवी नेपाली नागरिकहरुबाट तल उल्लेखित पदहरुका लागि दरखास्त आब्हान गरिएको छ ।
बिज्ञापन नः १. पद  : कार्यक्रम संयोजक संख्या :१ जना
आवश्यक योग्यता तथा अनुभव :
 मानवीकी तथा सामाजिक संकाय, व्यवस्थापन कानून वा सम्वन्धित अन्य विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरी ३ वर्षको सम्बन्धित बिषयमा र सामुदायिक विकास सम्बन्धी कार्यानुभव
 सम्वन्धित सरोकारवालाहरुसंग राम्रो समन्वय गर्न सक्ने, मनोसमाजिक बिर्मशको बिषयमा तालिम प्राप्त ,तालिममा सहजीकरण गर्ने शीप, : MS Word, Excel, Power point  को दक्षता भएको साथै इमेल, इन्टरनेट चलाउन सक्ने, स्थानीय भाषा बुझ्ने र बुझाउन सक्ने हुनुका साथै  नेपाली तथा अंग्रेजी भाषामा प्रतिवेदन लेख्ने शीप भएको ।
बिज्ञापन नः २. पद ःसूचना केन्द्र परामर्शकर्ता संख्या : २ जना
आवश्यक योग्यता तथा अनुभव :
 कम्तिमा प्रविणता प्रमाणपत्र वा कक्षा १२ उत्तीर्ण गरीसामाजिक क्षेत्रमा ३ वर्षको कार्यानुभव भएको (मनोसामाजिक परामर्श कार्यमा अनुभवीलाई विशेष प्राथमिकता)
 सम्वन्धित सरोकारवालाहरुसंग राम्रो समन्वय गर्न सक्ने, सही सूचना तथा परामर्श सेवा प्रदान गर्न सक्ने साथै नेपाली तथा स्थानीय भाषामा मौखिक तथा लिखित रुपमा राम्रो ज्ञान भएको।
बिज्ञापन नः ३. पद : सामाजिक परिचालक संख्या : २ जना
आवश्यक योग्यता तथा अनुभव :
 न्यूनतम प्रविणता प्रमाण पत्र तह वा १०+२ उत्तिर्ण वा १० कक्षा पास गरी २ वर्ष बैदेशिक रोजगारमा काम गरी फर्किएको ।
 सामाजिक परिचालनको काममा गर्न सक्ने, बैदेशिक रोजगार सम्बन्धि सही सूचना प्रदान गर्न सक्ने साथै नेपाली तथा स्थानीय भाषामा मौखिक तथा लिखित रुपमा राम्रो ज्ञान भएकोे, आदी ।
बिज्ञापन नः ४. पद : लेखा तथा प्रशासन अधिकृत संख्या : १ जना
आवश्यक योग्यता तथा अनुभव :
 व्यवस्थापन वा सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरी सम्वन्धित विषयमा कम्तीमा ३ वर्षको कार्यानुभव।
कार्य अवधिः हाललाई १५जुलाई २०१५ सम्म, कार्यक्रमको आवश्यकता तथा कार्य सम्पादन अनुसार नवीकरण हुन सक्ने ।
तलव तथा अन्यसुविधाः संस्थाको नियमानुसार,
आवश्यक कागजातहरुःमाथि उल्लेखित योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले नेपाली नागरिकताको फोटोकपी, कम्तीमा पनि २ जना सन्दर्भ व्यक्तिहरुको नाम र सम्पर्क फोन नम्वर सहितको ब्यक्तिगत विवरण तथा नेपाली नागरीकता प्रतिलिपी , शैक्षिक योग्यताको प्रमाणपत्रको फोटोकपी, कार्यअनुभव प्रमाणित प्रतिलिपी सहित, प्रष्ट रुपमा पद उल्लेख गरिएको लिखित निवेदन सस्थाद्धारा तयार परिएको फारममा उमेद्धारको फोटो सहित दिनु पर्ने छ ।
नोटः प्रारम्भिक छनौटमा परेका उम्मेदवारहरुलाई मात्र लिखित, मौखिक तथा प्रस्तुतीकरणको प्रक्रियामा समावेश गरिने छ । यस संस्थाको निर्णय नै अन्तिम निर्णय हुनेछ । अवसरबाट बञ्चितिकरणमा परेका समुदायहरु खासगरी, महिला, दलित, जनजाती, मधेशी तथा अल्पसंख्यक वर्गका उम्मेदवारहरुको समावेशीकरणको लागि सकारात्मक विभेदको प्रक्रृया अवलम्बन गरिनेछ ।
दरखास्त दिने अन्तिम मिति : यो सूचना प्रकासित भएको पन्ध्र दिन, ( २०७१ भाद्र ३० गते को ५:०० बजे वा १५ सेप्टेम्बर २०१४ कार्यालय समय ५ :०० बजे ) भित्र ।
विस्तृत जानकारीको लागि सम्पर्क ठेगाना : .मुख्य कार्यालय : थाक्रे ३ महादेबबेशी वा सम्पर्क कार्यालय धादिङ वेशी पुछारवजार जनजिवकिा संगै ., फोन नं..०१०–४१५०१०, ०१०–४१५०११ . .ईमेलः[email protected] , [email protected]

सस्थालाई प्रभावित पार्ने गरी टेलीफोन गर्ने सहभागीलाई छनौट प्रकृयामा सहभागी नगराउन सकिने छ ।

पदपुर्ती समिति
सिड्स धादिङ