मनोनित २६ मा परिवारमा ख्याती कमाएका कि राष्ट्रमा ?

726 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

बिष्णु सामरी
BS (2)कनिकुथी गरेर बल्ल बल्ल  ९ महिनापछी शुशिल कोइराला नेत्रित्व सरकारले मनोनित गर्नु पर्ने २६ सभासदमा १७ जनाको मनोनित गरेको छ।अन्तरिम संबिधान २०६३ मा मन्त्रिपरिसद्ले मनोनित गर्ने सभासद हरुमा राष्ट्रिय जिबनमा ख्याती कमाएका,सिमान्तक्रीत पिछडिएका बर्ग समुदायको हुनुपर्ने भनेर उल्लेख गरिएको छ। तर भर्खरै मनोनित सभासदहरुमा राष्ट्रिय स्तरमा ख्याती कमाएको भन्दा पनि पार्टिका ठुला नेताका परिवारमा ख्याती कमाएका समाबिस्ट भएका छन। चुनावमा राजनैतीक दलहरुले पाएको मतको आधारमा पार्टिहरुले आ-आफ्नो कोटामा सिट सङ्ख्या निर्धारण गरेका थिए संबिधान सभा जस्तो गरिमामय सस्थामा के ठुला नेताहरुले आफ्नै परिवारको मान्छेलाई समाबेश गरेर जागिरको लागि करारमा नियुक्ती गराएर संबिधान बन्ला त ? राजनैतीक दल भित्र मौलाउदै गएको परिवार बाद नाताबाद संबिधान सभा भित्र पनि छिरेको छ । चन्दादाता सुसारे आसेपासे लाई त पहिले पनि समानुपातिकमा मोल मोलाइमा बिक्रिबितरण भएकै हो हुँदा हुँदा अब त श्रीमती भाई भारदारहरुपनी समाबेश हुन थालेका छन यहाँ कुनै ब्यक्ती  बिशेषको बिरोध र समर्थन भन्दा पनि नितिगत र प्रकृया संगत भएन भन्ने हो हाम्रा नेता राजनैतीक दलहरु  आँफै निती नियम बनाउछन  अनी उल्लङ्घन पनि आँफै गर्छन यस्ता प्रब्रित्ती बढ्दै जादा  राजनैतीक दल भित्र गलत नजिर बस्न जान्छ त्यसैले आफन्तजन मित्रजन भन्दा पनि समाजमा प्रसिद्दी कमाएका ब्यक्तिलाई छनौट गरेको भए राम्रो हुन्थ्यो कि ?  बिभिन्न माग तेर्स्याउदै संसद अबरुद्द गरेका प्रतिपक्ष दलको कोटामा परेका बाँकी ८ जनाको नियुक्ती गर्न बाँकी नै छ ,२६ जना सभासद मनोनित गर्न कारीब १० महिना लगाउने सरकार राजनैतीक दल हरुले एक बर्षमा संबिधान बनाउछु भन्नु छेपारोको उखान जस्तै हो जब जनता मिडिया सामु नेता सभासद मन्त्री पर्छन अनी एक बर्षमै संबिधान बन्छ भन्छन तब संबिधान सभा भित्र छिर्छन बिभिन्न समितिको सभापति चयन गर्न मनोनित सभासद मनोनयन गर्न ९-१० महिना लगाउछन यस्तो कछुवाको गतिमा अघी बढेको संबिधान सभाले एक बर्षमै संबिधान बनाउछ भनेर कसरी पत्याउनु ,फुटबल खेलाडी देखी ग्रिहिणी सम्म भेला भएका सभासदहरुले कस्तो संबिधान बनाउने हुन  त्यो पनि हेर्न बाँकी नै छ । राष्ट्रिय जिबनमा प्रसिद्दी कमाएका ब्यक्तिहरुलाई मनोनित गर्नु पर्नेमा आफ्नै भाई भारदार हरुलाई नियुक्ती गरेर नेताहरुले फेरी अर्को छलाङ मारेका छन हेरौ अब कस्तो संबिधान बन्ने हो ?