नयाँ संविधानको नाम ‘नेपालको संविधान’ हुने-नयाँ संविधानका विषयमा सहमति जुट्दै –

817 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

sambidhaan धादिङ–नयाँ संविधानको नाम ‘नेपालको संविधान’ हुने भएको छ । संविधानसभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको सोमवार बसेको बैठकले नया संविधानको नामबारे सहमति जुटाएको हो बैठकले संवैधानिक परिषद् र राजदुत नियुक्ति पनि सहमति जुटाएको छ ।संवैधानिक परिषद ५ सदस्यीय हुनेछ । प्रधानमन्त्री, सभामुख, प्रधानन्यायधिश, सभामुख र एक महिला परिषदमो पदाधिकारी रहने सहमति भएको समितिका सभापति बाबुराम भट्टराईले जानकारी दिनुभयो । यस्तै राजदुत नियुक्तिमा समावेसीको सिद्धान्त अनुसार गर्ने सहमति भएको छ । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको सोमवार बसेको बैठकले निर्वाचन भएर नयाँ संसदको पहिलो बैठक नबसेसम्म पुरानो संसदले निरन्तरता पाउने सहमति गरेको छ । भदौ २१ गतेभित्र विवादित विषयमा सहमति जुटाएर संविधानसभामा प्रतिवेदन पेश गर्नुपर्ने कार्यातालिका छ । सहमित समितिको प्रतिवेदन संविधानसभाको पूर्ण वैठकले पारित गरेपछि मस्यौदा समितिले प्रारम्भिक मस्यौदा तयार पार्ने छ । समिति अन्तरगत ‘तत्कालीन संबैधानिक समिति अन्तरगत गठित विवाद उमाधान उपसमितिले गरेका निर्णयहरुमाथि पनि छलफल भएको छ । आजै समिति अन्तरगत गठित प्रारम्भिक वार्ता उपसमिति र विषय पहिचान उपसमितिको बैठकले छुट्टा छुट्टै छलफल गरेको संसद सचिवालयले जनाएको छ