धनबहादुरको मुहारमा छायो खुसीयाली

968 पटक पढिएको

सम्पादक: Dhadingnews.com

महादेववेशी /अठार बर्षदेखि आग्रा खोला किनारमा अभावको जिवन विताउंदै आईरहेका धनवहादुर घले तामाङको मुहारमा शनिवार पहिलो पटक खुसीयाली छाएको छ ।
असी बर्षो उमेर गिट्टी फुटाउंदै जिवन निर्वाह गरिरहेका धनवहादुर घले दम्पतीको दुःखका बिषयलाई समेटेर विभिन्न्ा सामाजिक संजाल र संचारमाध्यमले खवर प्रकाशित गरेपछि उनलाई आर्थिक सहयोग जुटेको हो । धनवहादुरले भोग्नु परेको पिडावाट प्रभावित हुंदै काठमाण्डौमा अध्ययनरत अनिल ढुंगेल र सुरज अधिकारीले १०-१० हजार र नेपाल अटोमोवाईल स्र्पोर्टस एशोसियशन – नारा)ले पांच हजार नगद सहयोग दिएपछि धनवहादुरको मुहारमा खुसीयाली छाएको हो । धनवहादुर दम्पती आग्रा खोलाको किनारमा प्लाष्टिकले बेरेको सानो कटेरो भित्र बस्दै आईरहेका छन ।a

अठार बर्षअघि मकवानपुर जिल्लाको टिष्टुङवाट जिवन निर्वाहको उपाय खोज्दै धादिङको महादेववेसी स्थित आग्रा खोला आईपुगेका धनवहादुर र मंगलीमायाको घर सम्पती मात्रै होइन छोराछोरी र नजिकका आफन्तहरु समेत कोही पनि छैनन । बुढेसकालमा पनि दुवैजनाले खोलामा गिट्टी फुटाएर जिवन निर्वाह गरिरहेका छन । धनवहादुरको सहयोगका लागि प्राप्त भएको रकम खाद्यअधिकारका लागि कृयाशिल संस्था फियान नेपालका प्रतिनिधी राजेन्द्र बस्नेतले शनिवार आग्रा खोलामा पुगेर प्रदान गरेका थिए । आफ्नो दुःखलाई देखेर दाताहरुले सहयोग गरेकोमा धनवहादुरले धन्यवाद व्यक्त गर्दै धेरै बर्षपछि पहिलो पटक शनिवार मासु र भात खाएका छन । धनवहादुरलाई प्राप्त भएको रकम उनकै साथमा राख्दा सुरक्षित नहुने देखेपछि २५ हजार मध्ये २० हजार रुपैया स्थानीय मिजिजुली महिला बचत तथा ऋण सहकारी सस्थाको जिम्मामा राखिएको छ । वांकी ५ हजार रुपैया भने ऋण तिर्न र पकेट खर्चको रुपमा धनवहादुरले राखेको फियान नेपालका प्रतिनिधी बस्नेतले वताए । सहकारीमा राखिएको रकम धनवहादुरले चाहेको वेला उपलव्ध गर्राईने संस्थाकी अध्यक्ष शुसिला सुवेदीले वताईन ।

यता गायिका कोमल वलीको ‘पोइल जान पाम्’ गीतको प्रत्युत्तरमा ‘पोइल जान पाम् भन्नेलाई मैले ल्याउन पाम्’ गीत गाएर चर्चा बटुलेका गायक सुमन बुढामगरले गएको दशै अगाडी अमेरीकाको न्युयोर्कमा सांगितिक कर्न्र्सट गरेर संकलन गरेको भनिएको रकम अझै पनि धनवहादुरले पाउन सकेका छैनन । न्युयोर्कमा ‘सोलो कर्न्र्सट’ गरेर त्यसवाट आएको रकम धनवहादुर दम्पतीलाई सहयोग गर्ने घोषणा गरेका सुमनले कर्न्र्सटबाट उठेको रकम मात्र होइन र कर्न्र्सटमा चारवटा एल्बम बिक्रि गरेर त्यसवाट बाट आउने सम्पर्ूण्ा रकम धनबहादुर र मंगलीमाया घलेलाई दिने वताएका थिए । सुमनले कर्न्र्सटबाट १८ सय १५ अमेरिकी डलर उठाएको समाचार २०६९ असोज २९ गते -अक्टुबर १५, २०१२)मा नेपालको एक राष्ट्रिय दैनिकले प्रकाशित गरेको थियो । समाचार प्रकाशित भएको सात महिना वितिसक्दा पनि धनबहादुर दम्पतीले सहयोग नपाएको बिषयमा समाजिक संजाल र विभिन्न्ा संचारमाध्यममा आवाज उठेपछि काठमाण्डौमा रहेका सहयोगीमनहरुले धनवहादुरको दुःख देखेर सहयोग गरेका हुन । गिट्टी बिक्री हुन छाडेकाले कमाई नभएको भन्दै एक महिना यता धनवहादुर दम्पतीले दिनको एक छाक चिउरा खाएर बसेको वताएका थिए ।

सात महिना बितिसक्दा पनि गायक सुमनले धनबहादुरलाई भेट्न नआएको र उनको नाम बेचेर उठाएको रकम नपठाएको बिषयमा सुमनले समाजिक संजाल फेसबुक मार्फ उज्यालो समाचारदातालाई प्रतिकृया दिंदै आफ्नो वदनाम भएको बताएका छन । कर्न्र्सटमा रकम दिन्छु भनेर बोल्नेहरुले रकम नदिएकाले आंफुले घोषणा गरेअनुसारको रकम दिन नसकेको गायक वुढामगरको प्रतिकृया छ ।
अमेरीका बस्दै रहेका सुमनले घोषणा भए अनुसारको रकम नउठेपनि अव छिट्टैनै आंफुएक्लैले भएपनि सहयोग गर्ने बताएका छन ।