ठुलौचौरमा कम्प्युटर शिक्षाका लागि अभियान

734 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ–धादिङ जिल्लाको मैदी गाविसमा रहेको ठुलौचौर माध्यमिक बिद्यालयमा कम्प्युटर अध्ययन केन्द्र स्थापना गर्नका लागि अभियान शुरु गरिएको छ ।
बिद्यालयका पुर्व विद्यार्थी,शिक्षक तथा शुभचिन्तकहरुको सक्रियतामा ठुलोचौर कम्प्युटर अध्ययन केन्द्र स्थापनाको लागि पहल शुरु गरिएको हो । मैदी गाविसको वडा नम्बर ७ मा रहेको ठुलोचौर माविमा आधुनिक शिक्षाको विकास computer lab गराउने उद्धेश्यले शुरु गरिएको अभियानका लागि मैदी बाट रोजगारी तथा अध्ययनका लागि बिदेशमा पुगेका स्थानीयले सहयोगका लागि बिशेष चासो देखाएको बिद्यालयले जनाएको छ । अभियान अन्र्तगत आगामी मंसिर सम्ममा २० लाख रुपैया संकलन गरी ५ लाखको कम्प्युटर र आवश्यक प्रविधि खरिद गरी बाँकी रकमले कम्प्युटर पुस्तकालयको निर्माण गरी संचालनमा ल्याउने लक्ष्य राखिएको अभियानका सदस्य राजेन्द्र श्रेष्ठले जानकारी दिनु भयो ।
केही बर्ष यता जापानमा रहेर व्यापार व्यवसाय गर्दै आईरहनु भएका श्रेष्ठका अनुसार अभियानमा अहिले सम्म स्थानीय शिक्षक तथा शुभचिन्तकहरु मन नारायण श्रेष्ठ, राजेन्द्र सिंखडा, बाबुकाजी श्रेष्ठ, ईन्द्र बहादुर थापा, तोलक बहादुर सामरी आवद्ध रहेका छन । त्यसैगरी काठमाण्डौंमा रहेर अभियानका लागि बल बहादुर सामारी, प्रकाश श्रेष्ठ, कमल सिलवाल, बिरेन्द्र राना र शिव श्रेष्ठले सहयोग संकलन तथा अभियानको प्रचार प्रसार गरिरहेको बिद्यालयका प्रधानाध्यापक राजेन्द्र सिम्खडाले जानकारी दिनु भयो ।
गाउंको बिद्यालयमा कम्प्युटर केन्द्र स्थापना गर्न सकेमा भावी पुस्ता प्रविधिमैत्री वन्नुका साथै शैक्षिक गुणस्तर बृद्धि भई दक्ष वन्न सफल हुने बिद्यालयका शुभचिन्तकहरुको भनाई छ । यहि लक्ष्य प्राप्तिका लागि अध्ययन ,रोजगारी र व्यापारिक कार्यका लागि विदेश रहेका स्थानीयले पनि आ–आफ्नो ठाउंवाट सहयोगका लागि अभियान चलाईरहेको बिद्यालयले जनाएको छ । विदेशमा रहेर अभियानमा आवद्ध हुनेहरुमा बालकृष्ण श्रेष्ठ फिनल्याण्ड, निल गोदार क्षेत्री कतार,रामचन्द्र घिमिरे मकाउ , अशेष श्रेष्ठ अस्ट्रेलिया,अशोक श्रेष्ठ मलेशिया, राजेन्द्र श्रेष्ठ र राजकुमार श्रेष्ठ जापान,डोलबहादुर आले कुवेत रहेको वताईएको छ ।
यस अघि गाउंमा कम्प्युटर शिक्षा अभियान कार्यक्रम शुरुवात गरी धादिङ जिल्लाकै ज्यामरुङ गाविसमा एक उच्च मावि सहित सात वटा मावि,कटुञ्जे,त्रिपुरेश्वर,सल्यानकोट, फुलखर्कमा एक एकवाट गरी चारवाट र चैनपुर गाविसमा एक उच्च मावि सहित दुई वटा माविमा गरी जिल्लाभरको १३ वटा माध्यमिक बिद्यालयमा कम्प्युटर शिक्षा संचालन हुंदै आईरहेको छ । अभियानले बिद्यालयहरुमा कम्प्युटर सहयोग गर्नुका साथै ल्याव स्थापनाका लागि सहयोग गर्दै आईरहेको छ ।
सामाजिक सञ्जाल तथा बिदेशमा कार्यरत स्थानीय बासिन्दाले गाउंमा कम्प्युटर शिक्षा संचालनका लागि अभियान चलाइरहेका छन । आधुनिक शिक्षाका लागि आवश्यक शैक्षिक सामग्रीको अभावमा सामान्य कम्प्युटरको ज्ञान नहुँदा देश बिदेशमा धेरै राम्रा अवसर गुमाउनुपरेपछि गाउँका बाल्ऽबालिकालाई आधुनिक शिक्षाको अभियानका रुपमा जिल्लाको ज्यामरुङ गाविसका भुवन गुरुङले जिल्लामै पहिलो पटक गाउंमा कम्प्युटर शिक्षा अभियान कार्यक्रम शुरुवात गर्नु भएको हो ।
कम्प्युटर शिक्षा नभएका कारण वैदेशिक रोजगारीमा गएका अधिकांश नेपालीहरूले निम्न आम्दानीको श्रमिक भएर काम गर्नुपर्ने वाध्यता रहेकाले ‘गाउँमा कम्प्युटर शिक्षा अभियान’ सञ्चाल्ऽन गर्न थप प्रेरणा मिलेको ज्यामरुङका गुरुङ बताउनुहुन्छ । ज्यामरुङ पछि मैदी ठुलोचौरमा पनि स्थानीयले अभियानका रुपमा बिद्यालयमा कम्प्युटर अध्ययन केन्द्र स्थापनाको पहल शुरु गरेका हुन ।