‘कुमारी नै छु, कोहि मर्द आए भने बिबाह गर्ने तरखरमा छु’ : शोभा त्रिपाठी

1373 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

shobha tripathकाठमाडौँ, धादिंङ्ग जिल्लाको मलेखुमा बाबु लक्ष्मी प्रसाद त्रिपाठी र आमा माया त्रिपाठीको कोखबाट जन्मिएकी संचारकर्मी तथा गायिका शोभा त्रिपाठीले पहिलो पटक इमेज एफ.एम.मा कार्यक्रम चलाएर मिडियामा बोलेको अनुभव बताउंछिन। शोभा त्रिपाठी सानैदेखि गीत गाउन र नाच्न भनेपछि खान पनि बिर्सिन्थिन्।
उनको पहिलो गीत लर्के जोवन , र दोश्रो गीत जवानिको जोश बजारमा आएको थियो। पहिलो पटक मोडेलिंग झुटो माया नाम गरेको लोक दोहोरि भाकामा गरेको सम्झन चाहन्छिन शोभा। त्यस्तै गरि आधुनिक तर्फ़ थाकेर पाइला पाइलामा नामक एल्बम मा उनको अभिनय देख्न सकिन्छ।
आमा–बाको विश्वास जितेसँगै आमस्रोताको मन जितेकी शोभा पछिल्ला ६ वर्षदेखि तीजकी ‘हिट गायिका’ बनेकी छिन्। हरेक तीज बिशेष कार्यक्रममा उनलाई निमन्त्रणा नभएको प्रहर छैन। सामान्य परिवारमा जन्मिएकी शोभा माहिली छोरी हुन् । दिदी ब्युटीसियन भइकन पनि शोभालाई तडक भडक पटक्कै मन पर्दैन ।
दुई बहिनीहरु एउटी डाक्टर र अर्की नर्स छन् भने दाजु व्यावसायी छन् । अहिले घर परिवार आर्थिक रुपमा सम्पन्न छ । उच्च शिक्षा हासिल गर्न काठमाडौं आएकी उनी दिन प्रतिदिन गीतसंगीतमै परिचित हुँदै चर्चित बनिन्। अहिले बा–आमा लगाएत घर परिवार , आफन्त सबै उनिसंग खुशी हुनुहुन्छ ।
आउँदो वर्ष जोडी बन्ने आशय देखाएकी यी बहु-प्रतिभा कि धनि शोभा त्रिपाठीले जीवनमा लक्ष्य प्राप्ति गर्ने जोडी पाउने हुन् या हैनन् त्यो प्रतीक्षा गर्नै पर्ने हुन्छ। पछिल्लो समयमा तीजका गीत हिट भएर मिडिया समेत कार्यक्रम संचालन गर्न नभ्याएको बताउंछिन। टेलिभिजन का पर्दामा पनि देखिने गरेकी शोभा त्रिपाठी कुशल VJ पनि हुन्।
-नमस्ते नेपाली डट कमवाट