रक्तचन्दनसहित २ पक्राउ

558 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

गोरखा, – प्रहरीले गोरखाको आरुघाट बजारबाट साढे ६ सय किलो रक्तचन्दनसहित २ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले २६ बोरा रक्तचन्दनसहित ग १ ख ४१ २९ नम्बरको ट्रकका चालक राजु सिलवाल र सहचालक सूर्यबहादुर तामालाई पक्रेको हो ।

धादिङबाट गोरखाको आरुघाटबजार हुदै रक्त चन्दन तिब्बत लैजान लागेको आशंकामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो ।