धादिङमा लायन्स तथा लियो पदस्थापन कार्यक्रम सम्पन्न

986 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

lion clubधादिङवेशी–लायन तथा लियो वर्ष २०१४÷२०१५ को लागि लायन्स तथा लियो क्लवका पदाधिकारीहरुको आइतवार धादिङवेशीमा पदस्थापन गरिएको छ ।
लायन्स क्लव अफ इन्टरनेशनल डिस्ट्रिक ३२५ बी वान का डिस्ट्रिक गभर्नर लायन भुगोल शेरचनले लायन्स क्लव अफ धादिङ नीलकण्ठ, लायन्स क्लव अफ धादिङ एक्टिभ, लायन्स क्लव अफ धादिङ नीलकण्ठ क्याम्पस, लायन्स क्लव अफ धादिङ भैरवी र लियो क्लव अफ धादिङ नीलकण्ठ का अध्यक्ष तथा पदाधिकारीको संयुक्त पदस्थापन गराउनुभएको हो ।
नयाँ पदस्थापनपछि लायन्स वर्ष २०१४÷२०१५ का लागि लायन्स क्लव अफ धादिङ नीलकण्ठको अध्यक्षमा गोविन्दकुमार श्रेष्ठ, लायन्स क्लव अफ धादिङ एक्टिभको अध्यक्षमा वसन्त आचार्य, लायन्स क्लव अफ धादिङ भैरवीको अध्यक्षमा मनराज गोदार र लियो क्लव अफ धादिङ नीलकण्ठको अध्यक्षमा मनिष दुवाडी विधिवत रुपमा चयन हुनुभएको छ ।
पदस्थापन कार्यक्रममा चार वटै लायन्स क्लव र लियो क्लवले गत वर्ष गरेका कार्यक्रमहरुको समीक्षा गर्नुको साथै आगामी वषको लागि प्रस्तावित कार्यक्रमहरु लायन्स क्लव अफ धादिङ नीलकण्ठ क्याम्पसका अध्यक्ष लायन रामशरण सापकोटाले प्रस्तुत गर्नुभएको थियो ।
लायन्स क्लव अफ धादिङ नीलकण्ठका सस्थापक अध्यक्ष एवं जोन चियर पर्सन शम्भुकुमार श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा डिस्ट्रिक ३२५ बी वान का भाइस डिस्ट्रिक गर्भनर लायन वालकृष्ण वुर्लाकोटी, क्याविनेट ट्रेजरर एमजेएफ लायन निरा वज्राचार्य, चिफ एड्भाइजर एमजेएफ लायन धनराज आचार्य, चिफ एड्भाइजर एमजेएफ लायन अशोक श्रेष्ठ, चिफ एड्भाइजर एमजेएफ लायन इन्दु लंसाल, डिस्ट्रिक कोर्डिनेटर एमजेएफ लायन धमेन्द्र राज जोशी लगायतले शुभकामना मन्तब्य राख्नुहुदै लायन वर्ष २०१४÷२०१५ लाइ सफल वनाउन सवै लायन तथा लियोहरुलाइ आग्रह गर्नुभएको थियो ।