धादिङ समाज,भद्रकाली र बैरेनी विजयी

829 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

baireni team धादिङ  –त्रिशुली किनार गलौंदीमा जारी पाचौं रेडबुल लिग जिल्ला स्तरीय फुटबल प्रतियोगिताको लिग चरणको दोस्रो दिन धादिङ समाज, भद्रकाली सामुदायिक समाज र बैरेनी युवा क्लव विजयी भएका छन् ।
धादिङ जिल्ला फुटबल संघको आयोजनामा भएको खेलमा धादिङ समाज धादिङबेसीले खानीखोला युवा क्लवलाई २÷१ गोल अन्तरले पराजित गर्यो । धादिङ समाजका लागी श्रीकृष्ण भण्डारी र सृजन तामाङले एक एक गोल गरे । खानीखोलाका लागी प्रतिव गिरीले एक गोल गरे ।
त्यस्तै अर्को खेलमा भद्रकाली सामुदायिक विकास समाज मलेखुले ब्वाइज युनाइटेड धादिङबेसीलाई ४÷१ गोल अन्तरले पराजित गर्दै विजयी भयो । भद्रकालिका शैलेन्द्र तामाङ, रविन्द्र श्रेष्ठ, बलबहादुर मगर र पुरेन्द्र घलेले एक एक गोल गरे । ब्वाइज युनाइटेडका लागी महेश थापाले एक गोल फर्काए ।
प्रतियोगिताको तेस्रो खेलमा बैरेनी युवा समाज बैरेनीले संघर्षशिल युवा क्लव चालिसेलाई एक गोलले पराजित गर्यो । बैरेनीका लागि राजु तामाङले एक गोल गरेका थिए ।