किरण अधिकारी ( आदमघाट)को संयोजकत्वमा १७ सदस्सिय धादिङ अष्टेलिया समाज तदर्थ समितिको गठन

761 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

10673158_288501848007070_1625493388_o 10660434_288501801340408_1368486924_nअष्ट्रेलिया- धादिङवाट अष्ट्रेलिया गएर विभिन्न पेशामा संलग्न हुंदै आईरहेका धादिङवासी संगठित भएका छन । धादिङवासीको बिचमा चिनजान बढाउंदै मैत्रीपूर्ण सम्वन्ध कायम राखि विदेशमा रहंदा समेत आफ्नो गाउंबस्तीको सम्झनालाई जिवित राख्दै सामाजिक हितका कार्यमा सामुहिक रुपमा सक्रिय हुन धादिङ अष्ट्रृेलिया समाजको स्थापना गरिएको छ ।
गएको आईतवार सम्पन्न भएको भेलाले किरण अधिकारी ( आदमघाट)को संयोजकत्वमा १७ सदस्सिय धादिङ अष्टेलिया समाज तदर्थ समितिको गठन गरेको हो । भेलामा धादिङवाट अष्ट्रेलिया पुग्ने पुराना व्यक्ति उदय लोहनी देखि भर्खरै पुगेकाहरुको समेत सहभागिता रहेको थियो । अवको एक महिना भित्रमा अष्ट्रेलियाको विभिन्न शहरमा रहेका धादिङवासीहरुको पहिचान गरी वृहद भेलाको आयोजना गरी नयां कार्य समिति विस्तार गरिने वताईएको छ । कार्यक्रममा हिमालयन रेडियो र एनआरएन पत्रमा कृयाशिल संचारकर्मीहरुको पनि सहभागिता रहेको थिया ।
अधिकारीको संयोजकत्वमा गठित तदर्थ समितिको सदस्यहरुमा राधिका वानियाँ,अकला पाण्डे,असिम लम्साल,उदय लोहनी,दिपक ओझा,अशोक भण्डारी,अर्जुन गिरी,जनक सिम्खडा,थनु शाक्य,अर्जुन केसी,दयाराम सिम्खडा,रविन कार्की  र सल्लाहकारहरुमा प्रतिक्षा पाण्डे,दीपक धमला,मुरारी लम्साल,दीपक सिम्खडा रहनु भएको छ । कार्यक्रममा ब्रिसबेनवाट सन्तोष पाण्डे र एडिल्याडवाट दिपक धमला समेतको उपस्थित रहेको संयोजक अधिकारीले जानकारी दिनु भयो । संयोजक अधिकारीका अनुसार अष्ट्रेलियामा विभिन्न पेशामा संलग्न रहने धादिङेहरुको संख्या ५ सय भन्दा बढी रहेको छ । समाजले केही महिना भित्रैमा धादिङमा सामाजिक हितका कार्य संचालन गर्न सामुहिक कोषको निर्माण गर्ने वताईएको छ ।