नीलकण्ठ क्याम्पसमा बिज्ञान अध्ययन केन्द्र स्थापना गरिंदै

665 पटक पढिएको

सम्पादक: Dhadingnews.com

scienceandtechnologyधादिङबेसी/विज्ञान अध्यक्ष केन्द्र स्थापनाको लागि आईतवार धादिङबेसीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयले धादिङका सरोकारवाला निकाय र सम्बन्धित व्यक्तिहरुसंग आईतवार धादिङबेसीमा छफलफल गरेको हो ।

पाँच विकास क्षेत्रमा एक एक वटा विज्ञान अध्ययन केन्द्र स्थापना गर्ने सरकारको निर्ण्र्ााअनुसार केन्द्र स्थापनाको तयारी स्वरुप अन्तरक्रिया गरिएको विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयका सहसचिव गोकर्ण्र्ााुवाडीले बताउनुभयो । मध्यमाञ्चल विकास क्षेत्रको लागि धादिङ जिल्लामा विज्ञान अध्ययन केन्द्र स्थापनाको तयारीमा लागिएको कार्यक्रममा उहाँले जानकारी दिनुभयो । देशभरका पाँचै विकास क्षेत्रमा केन्द्र स्थापना गर्ने सरकारको निर्ण्र्ााअनुरुप धादिङमा पहिलो पहल भएको प्राज्ञ दिनेश भुजेलले बताउनुभयो ।

केही वर्षअघिदेखि नै बिज्ञान अध्ययन केन्द्र स्थापनाको चर्चा चलेको भएपनि अहिले भने केन्द्र स्थापनाको लागि मन्त्रालय र जिल्ला स्तरमा समन्वय समिति बनाएर काम अघि बढिसकेको भुजेलले जानकारी दिनुभयो । सन्बन्धित मन्त्रालयका मन्त्रीहरु, प्राविधिक, इन्जिनियर लगायत सरोकारवालाहरुसंगको अन्तरक्रियापछि तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराइले यस्तो धारणाको अनुमोदन गर्नुभएको थियो । धादिङबेसी स्थित निलकण्ठ क्याम्पसरमा भएको अन्तरक्रिया कार्यक्रममा धादिङका प्रमुख जिल्ल्ाा अधिकारी वेदप्रसाद खरेल, जिल्ला शिक्षा अधिकारी दिपेन्द्रराज सुवेदी, विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयका बाली संरक्षण अधिकृत हरिबहादुर भण्डारी लगायत वैज्ञानिक, इन्जिनियर तथा प्राविधिकहरुको उपस्थिति रहेको थियो । अन्तरक्रियामा धादिङमा विज्ञान विषय अध्यापन गराउँदै आएका विभिन्न विद्यालयका शिक्षकहरुको पनि सहभागिता रहेको थियो ।