शाखा अधिकृत परीक्षा तयारी अभिमुखिकरण तालिम सम्पन्न

825 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ -समावेशी निजामती सेवाका लागि लोक सेवा आयोगद्धारा लिईने शाखा अधिकृत परीक्षा तयारीका लागि धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा छ  दिने अभिमुखिकरण तालिम सम्पन्न भएको छ ।

10689714_765364086856313_266447646954804891_n
10393571_765363943522994_8221830264303916269_nसामान्य प्रशासन मन्त्रालय ÷शासकीय सुधारका लागि सार्वजनिक प्रशासनको तयारी आयोजना तथा युएनडीपीको सहयोगमा नीलकण्ठ बहुमुखी क्याम्पस धादिङले अभिमुखिकरण तालिमको आयोजना गरेको हो । भदौ २० गते शुक्रवार शुरु भई बुधवार सम्पन्न भएको तालिममा नीलकण्ठ क्याम्पसमा स्नातक तह उत्तिण गरी स्नातकोत्तर तह उत्तिर्ण गरी विभिन्न पेशामा सक्रिय एवम स्नातकोत्तर तहमा अध्ययन रत बिद्यार्थीहरुको सहभागिता रहेको थियो । तालिममा नेपाल सरकारका पुर्व सह सचिव हरीदत्त पाण्डे, तयारी आयोजनाका प्रशिक्षक रामवाबु रिमालले लोक सेवा आयोगको तयारीका क्रममा ध्यान दिनु पर्ने विषयवस्तुहरुका वारेमा सहजीकरण गर्नु भएको थियो ।
जिल्लामा पहिलो पटक आयोजना गरिएको शाखा अधिकृत परीक्षा तयारी अभिमुखिकरण तालिमले सहभागीहरुको क्षमता अभिबृद्धि गराउनुका साथै तयारीका लागि ध्यान दिनुपर्ने बिषयहरुमा जानकारी पाएको सहभागीहरुले वताएका छन ।

क्याम्पस संचालक समिति अध्यक्ष मोहनकुमार श्रेष्ठको अध्यक्षतामा भदौ २० गते क्याम्पस हलमा उदघाटन गरिएको तालिमको बुधवार समापन गरिएको हो । तालिमको समापन नीलकण्ठ क्याम्पसका प्रमुख भुपेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो । समापन कार्यक्रममा मुख्य प्रशिक्षक हरीदत्त पाण्डे तयारी आयोजनाका निर्मला सुव्वा लगायतको आतिथ्य रहेको थियो ।