एमाओवादी उपाध्यक्ष बोगटीको निधन

537 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

DSC_0526-001काठमाडौ, -एमाओवादीका उपाध्यक्ष पोष्टबहादुर बोगटीको निधन भएको छ । ६२ वर्षीय नेता बोगटीको नर्भिक अस्पतालमा उपचारको क्रममा आज विहान निधन भएको हो ।

बोगटीको पार्थिब शरिरलाई श्रद्धाञ्जलीका लागि केहीबेर एमाओवादीको पार्टी कार्यलय पेरिसडाँडामा राखिएपछि खुलामञ्च लगिएको छ ।  श्रद्धान्जली दिन प्रधानमन्त्री  शुसिल कोइराला पेरिस डाँडा पुगेका थिए । यस्तै पार्टी कार्यालयमा एमाले, कांग्रेसका मन्त्री तथा नेता  लगायता सरकारी अधिकारीहरु बोगटीलाई श्रद्धान्जली दिन पुगेका थिए ।

यसैगरी बोगटीको निधनमा पार्टीले देशभर ३ दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाउने र असोज ५ गते देशव्यापी श्रद्धान्जली सभा गर्ने निर्णय गरेको छ  ।

बिहीबार  राति हृदयघात र मस्तिष्कघात भएपछि उनलाई सहिद गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको थियो । केन्द्रमा मुटुको शल्यक्रिर्या गरेपछि उनलाई नर्भिक अस्पताल लगिएको थियो ।

ईकान्तिपुर