जनसङ्ख्याको आधारमा महिला सहभागिता हुनुपर्ने माग

626 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Poster-433x240काठमाडौँ, – राज्यका हरेक संरचनामा महिलाको जनङ्ख्याको आधारमा सहभागिता हुनुपर्ने माग गरिएको छ ।

महिला सुरक्षा दबाब समूह नेपाल, राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घ नेपाल र सृष्टि नेपाललगायतका सङ्घसंस्थाद्वारा आज यहाँ आयोजित पत्रकारसम्मेलनमा अधिकारकर्मी महिलाले जनसङ्ख्याको आधारमा महिलाको सहभागिता हुन नसकेको भन्दै कार्यपालिका, न्यायपालिका तथा व्यावस्थापिकालगायत राज्यको सम्पूर्ण संरचनामा महिलाको सहभागिता सुनिश्चित गरिनुपर्नेमा जोड दिइयो ।

अधिकारकर्मीले मन्त्रिपरिषद्ले मनोनित गर्ने २६ स्थानमध्ये १७ स्थानमा तीन जना मात्र महिला सभासद् मनोनित गरिएको भन्दै आपत्तिसमेत जनाएका छन् ।

सृष्टि नेपालकी अध्यक्ष पार्वती थापा मगरले राज्यको नीति निर्माण तह, औपचारिक वैदेशिक प्रमण र संयुक्त राष्ट्र सङ्घको बैठकमा समेत महिलाको अनिवार्य सहभागिता हुनुपर्ने माग गर्नुभयो ।

पहिलो संविधानसभामा प्रत्यक्ष निर्वाचनबाट ३० जना र समानुपातिक निर्वाचनबाट १६१ जना गरी जम्मा १९१ जना तथा मनोनित छसहित १९७ महिलाको सहभागिता रहेको थियो । प्रत्यक्ष निर्वाचनबाट ३३ प्रतिशतभन्दा बढी महिलाको पहिलो संविधानसभामा सहभागी रहेको थियो ।

त्यसैगरी दोस्रो संविधानसभाको निर्वाचनमा प्रत्यक्षतर्फ १०, मनोनित तीन र समानुपातिकसहित १६१ जना महिलाको संविधानसभामा उपस्थिति रहेको छ ।