शोभराजलाई सर्वस्वसहित जन्मकैदको फैसला

604 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

charles_sobhrajभक्तपुर,- क्यानेडियन नागरिक लोरेन्ट क्यारियरको हत्या गरेको अभियोगमा पक्राउ परेर मुद्दा खेपिरहेका कुख्यात अपराधी चाल्र्स शोभराजलाई भक्तपुर जिल्ला अदालतले बुधवार सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ ।

भक्तपुर जिल्ला अदालतका न्यायाधीश नागेन्द्रलाल कर्णको इजलासले शोभराजलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको अदालतका श्रेष्तेदार खड्गराज अधिकारीले जानकारी दिनुभयो ।

बुधवार अदालतमा शोभराज र उनको वकिल सकुन्तला थापा उपस्थिति नभएपछि जिल्ला अदालतले वैतनिक वकिलको रुपमा हरि राउतलाई बहस गराएर मुद्दाको फैसला गरेको थियो ।

विसं २०३२ साल पुस ६ गते क्यानेडियन नागरिक क्यारियरको हत्या गरेर लाशलाई टुक्रा पारी भक्तपुरको मनोहरा खोला र नंखेल गाविस पलाँसेमा फ्याकिएको अबस्थामा भेट्टाइएको थियो । २०६० सालमा काठमाडौंबाट शोभराज पक्राउ परेपछि उनी विरुद्ध हत्या अभियोगमा प्रहरीले मुद्दा चलाएको थियो ।

यसअघि काठमाडौंमा भएको कोन्नी ब्रोनिचको हत्या अभियोग र जाली राहदानी मुद्दाको फैसलामा पनि उनले कैद भुक्तान गरेका थिए ।