नमुना युवा संविधान सभा

508 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाण्डौं–दोस्रो संविधानसभाबाट संविधान जारी गर्ने मिति नजिकिएसँगै युवाहरुले नमुना युवा संविधानसभा गठन गरेर दबाब सुरु गरेका छन् । संविधानसभामा भएको संरचनामा नै आधारित रहेर गठित नमुना युवा संविधानसभाले नमुना संविधान जारी गर्ने भएको छ । संविधानसभाको निर्वाचन भएको ४ वर्षमा पनि संविधान दिन नसकेपछि दोस्रो संविधानसभा ब्युजाईएपछि फेरी पनि संविधान निर्माण हुन नसक्ने आशंकाले दबाबका लागि नमुना युवा संविधानसभा गठन गरिएको दिवाकर अर्यालले जानकारी दिनुभयो ।
पार्टीलाई भन्दा देशलाई मुख्य मानेर दलका नेताहरुलाई मनोबैज्ञानिक असर परोस भन्ने उदेश्यले नमुना संविधानसभाको गठन गरिएको हो । संबैधानीक समिति, विषयगत समिति लगायत समिति बनाएर विगतका दिनहरुमा संसदिय तालिम लगायत अभियान संचालन गदै आएका युवाहरुले कार्य संचालन नियमावली तथा कार्यविधि निर्माण गरी संविधानसभालाई सुचारु गर्दै आईरहेका छन् ।
संविपधानसभामा जस्तै उनीहरुले पनि सभामुख, उप–सभामुख बनाएर ३ सय १ जना सभासदहरु बनाएका छन् । जसमा २ सय ४० वटै निर्वाचन क्षेत्रबाट १÷१ जना र अध्ययन र पेशामा विशिष्टता हाँसिल गरेका ६१ जना गरी ६ सय १ जना समावेश गरीएको हो । युवाहरुले बनाएको संविधानसभाले नयाँ नमुना संविधान ३ महिनामा जारी गरेर दलहरुलाई मनोबैज्ञानीक दबाब दिने बताईएको छ ।
नमुना संविधान जारी गर्नका लागि युवाहरुले आफैले व्यक्तिगत ६ सय रुपैयाँ उठाएर तलब र भत्ता लिएर काम नगर्नेसभासदहरुलाई चुनौती दिने छ । यस्तै ६ सय १ सभासदहरुले बनाउन नसकेको संविधान ३ सय १ युवाहरुले नै जारी गरेर देखाउने उनीहरुको चुनौती छ । संसदमा ल्याप्चे लगाउने सभासद भएको र त्यस्ताले काम गर्न नसक्ने भन्दै युवाहरुले ३ सय १ जना नमुना सभासद भित्रमा कम्तिमा स्नातक तहमा अध्ययनरत युवाहरुलाई मात्रै समावेश गराएका छन् । युवाहरुले अभियानका लागि बिदेशी सहयोग नलिले समेत प्रतिबद्धता लिएका छन् ।