शान्ति दिवसमा सदरमुकाम धादिङबेसीमा प्रभातफेरी

642 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

SAM_4599धादिङ,- हरेक बर्षको सेप्टेम्वर २१ का दिन मनाईने गरिएको अन्र्तराष्ट्रिय शान्ति दिवसको अवसर पारेर स्थानीय शान्ति समिति धादिङले आईतवार विहान सदरमुकाम धादिङबेसीमा प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ ।
धादिङबेसी पुछारवजार चोकवाट शुरु भएको प्रभातफेरी वजार क्षेत्र परिक्रमा गरी बिचवजार चोकको चौतारामा पुगेर अन्तरसंवाद कार्यक्रममा परिणत भएको थियो । प्रभातफेरीमा जिल्लाका विभिन्न सरकारी कार्यालयका प्रमुख एवम प्रतिनिधिका साथै राजनैतिक दल, गैर सरकारी संस्था र संचारमाध्यमका प्रतिनिधि, नागरिक समाजका सदस्यहरुको सहभागिता रहेको थियो । शान्ति दिवसको अवसर पारेर जिल्लाका सामुदायिक रेडियोहरुको तर्फवाट संयुक्त रुपमा आयोजना गरिएको अन्तरसंवाद कार्यक्रममा अन्र्तराष्ट्रिय शान्ति दिवस, नेपालको शान्ति प्रकृया र वर्तमान परिवेशका बिषयमा छलफल गरिएको थियो ।
आईतवार विहान सदरमुकाम धादिङबेसीमा निकालिएको प्रभातफेरी
तस्बिर ः केशव अधिकारी ÷धादिङ