आमा सुरक्षाका लागि वेनिघाटमा गाउँ गाउँमा अभियान

706 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

???????????????????????????????धादिङ,६ असोज-  गर्भवती अवस्थामा आईपर्ने जोखिम न्युनिकरणका लागि धादिङको वेनिघाट गाविसका स्वास्थ्य आमा समुहले गाउँ गाउँमा जनचेतना अभियानलाई तिव्र पारेको छ ।
यसैक्रममा बेनिघाट गा.वि.स. वडा नं. ६ मा रहेको स्वास्थ्य आमा समूह का अध्यक्ष कविता रिजालको अध्यक्षतामा बैठक बसीे आमा सुरक्षा कोषको स्थापना गर्न हरेक घरधुरीमा एक खुत्रुके राखी प्रत्येक दिन एक रुपैया बचत शुरु गरेको छ । .उक्त खुत्रुकेमा दैनिक एक रुपैया बचत गर्दै जाने आमा समुहले निर्णय गरेको अध्यक्ष रिजालले वताउनु भयो । समुहको बैठक संगै सोहि दिन वडा भरिका गर्भवती महिलालाई भेला गराई अ.न.मी. अमृता रिमालद्धारा जिवन सुरक्षा सम्बन्धी जानकारी गराउनु भएको थियो ।
त्यसै गरी भदौ ५ गते बेनिघाट गा.वि.स. वडा नं. ८ की स्वास्थ्य आमा समूहकी अध्यक्ष चित्रादेवी नहर्कीको अध्यक्षतामा बैठक सम्पन्न भएको छ । बैठकले बेनिघाट स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा गत महिना सुरक्षित प्रसुति गराएकी सोही वडाकी २८ बर्षिया निर्मला वि.क. लाई ७ किलो चामल, १ पोका आयोनुन र २ लिटर तेल समूहकी अध्यक्षद्धारा प्रदान गरी सम्मान गरिएको थियो । उक्त बैठकले आमा सुरक्षा कोषको स्थापना गर्ने उद्देश्यले प्रत्येक घरधुरीमा एउटा खुत्रुके राखी दैनिक एक रुपैया बचत गर्दै जाने निर्णय गरेको छ । त्यसै गरी यहि असोज महिना देखि बेनिघाट ८ को स्वास्थ्य आमा समूहले १ घण्टे सामाजिक तथा निजी कामको शुरुवात गर्र्दै, सो काम गेरबापत प्राप्त भएको रकम सक्रिय आमा समूहको कोषमा राख्ने भएको छ ।
आमा सुरक्षा कार्यक्रम अन्र्तगत असोज ६ गते बेनिघाट गा.वि.स. वडा नं. ९ ओर्बाङ गाउँमा भेला भएका ७ जना गर्भवती महिलाहरुलाई जिवन सुरक्षा सम्बन्धि जानकारी गराईएको थियो । कार्यक्रममा बेनिघाट स्वास्थ्य चौकीका अ.हे.व. श्री समिरा गौतम द्धारा गर्भवती महिलाहरुले ध्यान दिनु पर्ने बिषयमा जानकारी गराउनु भएको थियो । सोहि दिन सञ्चालन भएको पोषण क्लिनिकमा उक्त गाउँका १७ जना ५ वर्ष मूनीका बालबालिकाहरुको बृद्धि अनुगमन गर्दा १५ जना जना बालबालिकाहरु कुपोषित भएको पाईएको अहेव गौतमले जानकारी दिनु भयो । कुपोषित बालबालिकाका आमाहरुलाई सोही अवसरमा अ.हे.व. गौतमले सर्वोत्तम पिठो प्रदान गर्दै आफ्ना वालवालिका नियमित खुवाउन आग्रह गर्नुभएको बेनिघाट स्वास्थ्य चौकी जनस्वास्थ्य अधिकृत बाबुराम कौडालले वताउनु भयो ।