अनशनरत नन्दप्रसाद अधिकारीको निधन

1523 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

imagesकाठमाडौँ, ६ असोज । छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारबाहीको माग लामो समयदेखि अनशनमा बसेका नन्दप्रसाद अधिकारीको आज निधन भएको छ ।

उहाँ र उहाँकी धर्मपत्नी नन्दमाया अधिकारी ३३३ दिनदेखि अनशन बस्दै आएका थिए । अधिकारीको शवलाई अहिले महाराजगन्जस्थित शिक्षण अस्पतालमा राखिएको छ ।

अधिकारी दम्पतीको अवस्था गम्भीर बनेपछि राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदीप पाठक, प्रधानमन्त्री कार्यालयका उपसचिव विनोदकुमार गौतम, अधिकारकर्मी सुबोधराज प्याकुरेल र कनकमणि दीक्षित हिजो अस्पताल पुगेर उहाँको स्वास्थ्य अवस्थाको जानकारी लिनुभएको थियो ।