वाम– लोकतान्त्रिक आन्दोलनकी अग्रणी सहानाको अन्त्येष्टि

822 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Sahana Pradhan Last Riteकाठमाडौँ, – गएराति निधन हुनुभएका वाम– लोकतान्त्रिक आन्दोलनकी अग्रणी सहाना प्रधानको मंगलवार पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरियो ।

प्रधानको पार्थिव शरीरमा कार्यबाहक प्रधानमन्त्री वामदेव गौतमले राष्ट्रिय झण्डा ओढाउनुभएको थियो । उहाँलाई नेपाली सेनाको एक टुकडीले राष्ट्रिय सलामी अर्पण गरेको थियो ।

यस्तै, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको र अखिल नेपाल महिला सङ्घका अध्यक्ष विद्यादेवी भण्डारीले सङ्घको झण्डा ओढाएर सम्मान व्यक्त गर्नुभयो ।

प्रधानका छोरा उमेश श्रेष्ठले प्रधानको पार्थिव शरीरमा दागबत्ती दिनुभयो ।

प्रधानलाई अन्तिम श्रद्धाञ्जलि प्रकट गर्न पार्टीका शीर्ष नेताहरू, मन्त्रीहरू राधा ज्ञवाली, निलम केसी, नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेल, नेकपा (माले) का महासचिव सिपी मैनाली, वामपन्थी नेता राधाकृष्ण मैनालीलगायत शुभेच्छुक र कार्यकर्ता पुग्नुभएको थियो । रासस
सहानाको परिवारमा अर्काे शोक

वाम–लोकतान्त्रिक आन्दोलनकी अग्रणी सहाना प्रधानको निधनबाट शोकाकुल उहाँको परिवारमा अर्काे शोक परेको छ ।

प्रधानका देवर जीतेन्द्रदेव श्रेष्ठका साढे तीन वर्षीय नाति जेनिस श्रेष्ठको आज मरुटोलस्थित निवासको पाँचौँ तलाबाट खसेर मुत्यु भएको छ । प्रधानको निधनका कारण बच्चा हेर्ने उचित वातावरण नहुँदा जेनिस लड्न पुगेको पारिवारिक स्रोतले जनाएको छ ।

श्रेष्ठलाई उपचारका क्रममा वीर अस्पताल ल्याउँदै गर्दा बाटोमै निधन भएको थियो । प्रधानको शव पशुपति आर्यघाटमा अन्त्येष्टिका लागि पुर्याइँदा श्रेष्ठको शव पनि सो स्थान लगिएको थियो ।